बाँके । नेपालगन्जमा रामलीला सञ्चालनको व्यापक तयारी भइरहेको छ । बडादशैंका अवसरमा गरिने रामलीला महामहोत्सवले १५१ औं वर्ष प्रवेश गरेको छ । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको रामलीलालाई भव्य, सभ्यरूपमा सफल बनाउन विभिन्न तयारी गरिएकोे हो ।
नेपालगन्जका प्रभुत्व व्यक्तित्व सम्मिलित रामलीला सञ्चालक समितिले हरेक वर्ष दशैंमा रामलीला सञ्चालन गर्दै आएको छ । नेपालगन्ज–१३ बाँके बगीयास्थित रामलीला मैदानमा असोज २४ गतेदेखि कार्तिक ३ गते सम्म सञ्चालन हुने रामलीलाको सफलता र प्रभावकारिताका लागि व्यापक परामर्श र आवश्यक तयारी थालिएको छ ।
रामलीला सञ्चालक समितीका कार्यवाहक अध्यक्ष सन्तोषकुमार टण्डनको अध्यक्षतामा बसेको समितिको वैठकले सरोकारवालासँग व्यापक परामर्श गर्दै प्रचारप्रसारलाई तिव्र बनाउने लगायत निर्णय गरेको छ । करिव १५ लाख खर्चको अनुमान गरिएको रामलीला मञ्चनका लागि भारतको बृन्दावनधामबाट प्रसिद्ध कलाकारको टोली ल्याइने निश्चित गरिसकिएको समितिका कार्यवाहक अध्यक्ष टण्डनले जानकारी दिए ।
।