सूचनाको शक्ति - The Power Of Information

        

मधेशी मुस्लिम किशोरकिशोरीलाई जीवन उपयोगी तालिम


बाँके । बाँकेको खजुरामा सञ्चालित किशोरकिशोरीहरुका लागि तिन दिने जीवन उपयोगी तालिम शनिबार सम्पन्न भएको छ । फेल्म नेपाल संस्थागत विकास सञ्जाल ललितपुरको सहयोग तथा जनजागरण समाज खजुरा बाँकेले आयोजना गरेको तालिममा ३६ जना किशोर किशोरीको सहभागिता थियो ।
तालिममा किशोरकिशोरीको शारिरिक परिवर्तन, ब्यवहारमा आउने समस्या, लागु औषध दुब्र्यसनीबाट बच्न सकिने उपाय र किशोर किशोरीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको जनजागरण समाज बाँकेका प्रमुख ब्यवस्थापक रामबहादुर पुनले जानकारी दिए । मधेशी मुस्लिम समुदायका किशोरकिशोरी सहभागी तालिममा संस्थागत विकास सञ्जालका कार्यक्रम अधिकृत प्रसना राई र जनजागरणका सुपरभाइजर रामनरेश प्रजापतिले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार १०:१२