बीबीसी । नेपालमा हिन्दू धर्मका अतिरिक्त नौवटा अन्य धर्मका अनुयायीहरू छन् । तीमध्ये सिख धर्मावलम्बीहरूको जनसंख्या सबैभन्दा थोरै सानो र घट्ने क्रममा छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपाली सिखहरूको जनसंख्या ६०९ मात्र थियो । केही वर्षअघिसम्म भारतबाट आएर विभिन्न काम गर्ने र बसोबास गर्ने सिखहरूको संख्या माओवादी द्वन्द्व, व्यापार घाटा, नागरिकता लगायतका कारणले घट्न थालेको बताइन्छ । आफ्नो समुदायको जनसंख्या घट्दै गएकोमा वर्षौँदेखि यहाँ रहेका सिख समुदायका मानिसहरू चिन्तित देखिन्छन् ।
।