सूचनाको शक्ति - The Power Of Information

        

तीस हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

बाँके । बर्दियामा तीस हजार रुपैयाँ घुससहित इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक गणेश सिंह महता पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले पक्राउ गरेको हो ।
सोधपुछका लागि पक्राउ परेका व्यक्तिलाई छाडिदिने शर्तमा घुस लिँदै गर्दा कार्यकक्षबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जका सुचना अधिकृत निराजन शर्माले बताए । उनले प्रहरी निरीक्षक महतालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको बताएका छन् ।
घुस दिने स्थानीय मैयाँ पौडेललाई समेत पक्राउ गरिएको शर्माले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक महतालाई यसअघि पनि गलत क्रियाकलाप गरेकाले चेतावनी दिइएको थियो । पछिल्लो समयमा प्रमाण नै फेला परेपछि पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार ०६:०९