सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा सहयात्रा परियोजनालाई निरन्तरता दिइने

बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेको सहयात्रा परियोजनाका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । बाल संरक्षण र शिक्षाका लागि सहयात्रा परियोजनाले वडाका बिद्यालय र समुदायस्तरमा काम उपलब्धीमूलक रहेको कारण कायृक्रमलाई निरन्तरता दिनुपर्ने वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमालले बताए ।
वडालाई बालमैत्री बनाउने अभियान अन्तर्गत हालसम्म वडा बालमैत्री स्थानीय शासन समिति गठन गरिसक्नुका साथै बाल राहत कोष पनि स्थापना गरिसकेको उनले बताए । यसैबीच बालमैत्री अभियानलाई तिव्र पार्ने उदेश्यले सो बैठकले वडा बालसंरक्षण समितिलाई जगदिश चन्द्र बाल्मिकीको संयोजकत्वमा पुनर्गठन गरेको छ ।
पुनर्गठन गरिएको ९ सदस्यीय समितिका सदस्यहरुमा वडा सदस्य राम कुमार वैश्य, गिता राना, नुरजहाँ राई, आरती परियार, ललिता उपाध्याय, गीता गौतम, विमला तिवारी र निलम ज्ञवाली रहेका छन् । समितिमा आमन्त्रित सदस्यहरु पछि थप गरिने तथा सो क्रममा सबै क्षेत्रलाई समेटिने संयोजक बाल्मिकीले बताए । जोखिममा परेका बालबालिकालाई आपातकालिन सहयोग गर्ने उद्देश्यले वडामा स्थापना गरिएको बाल राहत कोषका लागि जिल्लाका गैरसरकारी निकायले सहयोग प्रदान गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०६:४१