सूचनाको शक्ति - The Power Of Information

        

दवावका लागि बुटवलमा हस्ताक्षर अभियान


रेनुका गिरी । बुटवल । पछिल्लो समय दिनप्रतिदिन बढिरहेको बलात्कारका घटना न्युनीकरणका लागी सरकारलाई दबाब सिर्जना गर्न सञ्चारीका समुह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ । बिहिबार बुटवलको पुस्पलाल पार्कमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर संकलन गरीएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले महिलाहरुको ईज्जत गर्नुपर्ने भए पनि अझै चेतनाको अभाव या अन्य कारणले गर्दा महिलाहरु बलात्कृत हुन नरोकिनु लाजको कुरा भएको बताए । कार्यक्रममा १ हजार जनाले हस्ताक्षर गरेका थिए । संकलन गरिएको हस्ताक्षर प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने सञ्चारिका समुह लुम्बिनीकी अध्यक्ष अनमोलले जानकारी दिए ।
सञ्चारीका समूह लुम्बिनीकी उपाध्यक्ष निरु गौतमले उपस्थीत भएर सहकार्य गरेकोमा सबैलाई धन्यवाद ब्यक्त गरिन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही, अन्तरपार्टी महिला सञ्जाल तिलोत्तमा नगरपालिका, दलित महिला संघ (फेडो), बुटवल महिला जेसिज, स्वतन्त्र विकास समाज, रेडियो मुक्ति, रेडियो रिपब्लीक लगायतका संस्थाहरुले ऐक्यबद्वता जनाएका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ०५:२८