बाँके । बाँके प्रहरीले भारतीय रूपैयाँको कारोबारी भएको आरोपमा तीनजना नागरिकलाई बिहीबार दिउँसो पक्राउ गरेको छ । जमुनाहा नाकामा खानतलासीका क्रममा उनीहरूसँग भारू रुपैयाँ फेला परेपछि पक्राउ गरेको बाँके प्रहरीले बताएको छ ।
छोराको उपचारका लागि दैलेखबाट आएका उनीहरूलाई प्रहरीले बीना कारण पक्राउ गरेको उनीहरूका आफन्तले बताएका छन् । आफन्तका अनुसार भारतमा मजदुरी गर्ने दशौदी परिवारका उनीहरूले उपचारका लागि लाग्ने रकम साट्न रूपैडिया जाँदै गर्दा जमुनाहबाट प्रहरीले पक्राउ गरेको आरोप लगाएका छन् ।
स्रोतले भन्यो ‘भारतमा मजदुरी गरि ल्याएको भारतीय रूपैयाँ साट्न जाँदै गरेको अवस्थामा जमुनाहमा प्रहरीले भारतीय रूपयाँ बोकेको भन्दै उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूसँग तीन लाख रूपैयाँ भएको पनि स्रोतले जानकारी दिएको छ ।
बीना कारण पक्राउ गरि प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि भन्दै बिहीबार नै काठमाडौं पठाएको स्रोतले बताएको छ । उपचारका लागि रकम साट्न जाँदा प्रहरीले पक्राउ गरी दुःख दिएको भन्दै उनीहरूका आफन्तले बिहीबार साँझ पुस्पलाल चौकमा विरोध जनाएका छन् ।
यस बिषयमा बुझन खोज्दा बाँकेका प्रहरी प्रमुख एसपी अरूण पौडेलले तीन जना पक्राउ परेको संकेत दिए पनि घटनाबारे केही बताउन चाहेनन् । उनले भने ‘म पछि खबर गर्छु ।’ भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको बताउँदै अनुसन्धान गरिरहेको बताए ।
।