सूचनाको शक्ति - The Power Of Information

        

सगरमाथा सिमेन्टको नमुना परिक्षणमा विभागको छानविन शंकास्पद


दाङ । सगरमाथा सिमेन्टका उत्पादनको नमुना परिक्षणमा फरक फरक भेटिएको छ । गुणस्तर नापतौल विभागले केही समयअघि परिक्षणका लागि लिएको बर्दिया र दाङबाट लिएको नमुना फरक फरक भेटिएको हो । बर्दियामा भेटिएको गुणस्तरहीन भनिएको सिमेन्ट चार महिनाअघिको हो भने दाङ आएर नमुना लिएर परीक्षण गरिएको सोनापुर सिमेन्ट उद्योगबाट लिइएको क्लिङ्करवाट उत्पादित सिमेन्ट हो ।
शुरुमा गुणस्तरहीन भनिएको सिमेन्ट विभागको परिक्षणमा गुणस्तरहिन नै पाइएको र पछि दाङबाट लिएको नमुना भने सहि नै रहेको बताएको छ । वर्दिया जिल्ला प्रशासनले वर्दियामा भेटिएको घोराही सिमेन्टको उत्पादन गुणस्तरहीन भेटिएपछि सिमेन्ट उद्योगले आफ्नौ हजारौ मेट्रीक टन क्लिङ्कर मौजाद रहादारहँदै पनि अन्तिम अवस्थामा गुणस्तर कायम राख्नका लागि सोनापुर सिमेन्टवाट क्लिङ्कर ल्याएको थियो ।
विभागका निर्देशन मनोजकुमार उपाध्यायले घोराही सिमेन्ट उद्योगद्वारा उत्पादित सगरमाथा सिमेन्ट उद्योगको ओपिसि र पिपिसिको पछिल्लो नमुना सोनापुरवाट क्लिङ्क ल्याएर बनाईएको उत्पादन भएको जानकारी दिएका छन् । गृहमन्त्रालयले नाप तौल विभागसंग समन्वय गरेर नमुना संकलन गरेर परीक्षण गर्न पत्र दाङ प्रशासनमा पठाएपछि विभागका निर्देशक उपाध्याय र मेकानिकल इन्जिनियर उमेशकुमार यादव दाङमा आई उक्त सिमेन्टको नमुना लगेका थिए ।
टोलीले साउन १७ गते उत्पादन भएको र १६ गते उत्पादन भएर १८ गते तुलसीपुर बिक्रि भएको दुई प्रकारका सिमेन्टको गुणस्तर परिक्षणका लागि काठमाडौ लगेको हो । तर, वर्दिया प्रशासनले गुणस्तरहीन भनिएको सिमेन्ट र अहिले नमुना परीक्षण गरीएको सिमेन्ट, त्यो पनि सोनापुरवाट क्लिङ्कर ल्याएर उत्पादित सिमेन्ट, यि सबै फरक मितिका उत्पादन हुन् । जिल्ला प्रशासन कार्यालय दाङले नमुना परीक्षणका लागि स्याम्पल लिएपनि केही दिनसम्म नमुना परीक्षण दाङमै थन्किएको थियो ।
गुणस्तर नापतौल विभागको टोलि आउन ढिला गर्दा स्थानिय प्रशासनको रोहवरमा नमुना परीक्षणको सिमेन्ट राखिएको थियो । नमुना संकलन गरी सकिएको भनेर स्थानिय प्रशासनले दावि गरीरहेका वेला घोराही सिमेन्ट उद्योगले पहिलोपटक सोनापुर सिमेन्ट उद्योगवाट क्लिङ्कर ओसारपसार गरीरहेको थियो । आफ्नो उत्पादनमा समस्या आएपछि सिमेन्ट उद्योगले उत्पादन सुधार्नका निमित्त सोनापुरवाट क्लिङ्कर ल्याएको भनेर नापतौल विभागलाई लिखितरुपमा चिठ्ठी पठाएको थियो । तर, अहिले जाँच गरीएको र नमुना परीक्षण गरीएको बर्दिया जिल्ला प्रशासनले भनेको मितिको उत्पादन सिमेन्टभन्दा सुधार गरी बजारमा ल्याइएको सिमेन्ट रहेको विभागका निर्देशक उपाध्यायले बताए ।
उनले वर्दिया प्रशासनले गुणस्तरहीन भनेको सिमेन्ट चार महिनाअघिको रहेको र अहिले नमुना संकलन गरीएको सिमेन्ट सोनापुरको क्लिङ्करको प्रयोग पछिको भएको पनि जानकारी दिए । ‘पहिलेको र अहिलेको स्याम्पल नै फरक छ, यसमा उपभोक्ता सचेत हुनुहुन्छ, सबैलाई थाहा भइसकेको कुरा हो, जव उहाहरुले आफ्नो उत्पादन सच्याउन र म्याग्नेसियम घटाउन सोनापुरबाट क्लिङ्कर ल्याउँदैछौं,’ उनले भने, त्यसपछि हामी दाङ गएर जुन नमुना लिएर आयौ, त्यो त सबै सुधारिएपछिको उत्पादन हो, त्यसैले त मापदण्ड अनुसार ठिक देखिएको हो ।’
निर्देशक उपाध्यायले सगरमाथा सिमेन्टको ओपिसी र पिपिसि मापदण्ड अनुसार ठिक रहेको र कुनै आर्थिक चलखेल नरहेको पनि स्पष्ट पारे । उनले सिमेन्ट उद्योगको रिर्पोट सार्वजनिक गर्ने कुरामा कुनै आर्थिक चलखेल नभएको दावी समेत गरे । घोराही सिमेन्ट उद्योगले दैनिक २ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ । थप एक हजार टन सिमेन्ट उत्पादनका लागि उद्योगले अनुमति पाएको दावी गरे पनि स्थानीयको विरोध र न्यायिक समितिमा मुद्दा परेपछि उद्योगले पाएको अनुमतिको विषय विवादमा परेको छ । विरोधपछि उद्योग पछि हटेको छ ।

 

 

–जनता टाइम्सबाट

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १४:०८