सूचनाको शक्ति - The Power Of Information

        

नेपाली चलचित्र ‘पासवर्ड’मा सन्नी लियोन अनुबन्धीत


बाँके । बलिउड नायिका सन्नी लिओनी नेपाली चलचित्रमा अनुबन्धीत भएकी छन् । कलिउडमा धेरै नै चर्चामा आइरहेका अभिनेता अनुप बिक्रम शाहीसँग बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले एकैसाथ नेपाली चलचित्रमा अभिनय गर्ने भएका छन् ।
विक्रम जोशीले निर्देशन गर्न लागेको यस चलचित्रमा अनुप बिक्रम शाहीको मुख्य भुमिका हुनुका साथै कलाकार रविन्द्र झा, छुल्ठिम गुरुङ, प्रविण खतिवडा लगायतका कलाकारहरुको अति नै जोडदार अभिनय रहनेछ । बलिउड र नेपाली फिल्मको सहकार्यमा बन्ने चलचित्रको नाम ‘पासवर्ड’ हो ।
चलचित्रको छायांकनको लागि अनुप बिक्रम केही दिनमा लण्डनमा उड्दै छन् । साथै सन्नी पनि केहि दिनमा लण्डन उड्ने छिन् । फिल्ममा सन्नी र अनुपको धेरै सिनहरु रहेको छ । चलचित्र खिच्नको लागि भारतबाटै प्राविधिक टोली ल्याइने छ । सन्नी लियोनीले यस चलचित्रको लागि करोड बढि भारतिय रुपैयाँ लिएर काम गर्न लागेकी हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार १०:५१