सूचनाको शक्ति - The Power Of Information

        

दुई समुहबीच झडप हुँदा अन्सारी गम्भीर घाइते

बाँके । बाँकेको नेपालगन्जमा गुण्डाहरुको दुई समुहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । एकलैनी निवासी अरबी हुसेन अन्सारी गम्भीर घाइते भएका हुन् । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
अन्सारीको टाउकोमा दाउराले प्रहार गरिएको थियो । नेपालगन्ज रामबागका सुरेश शाह, गोपाल श्रेष्ठ, मुन्नी खाँ लगायतले समुहले अन्सारीलाई आक्रमण गरेर भागेका उनीहरुको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गम्भीर घाइते अन्सारीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।
उनको टाउकोमा २१ वटा टाँका लगाइएको छ भने उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । घटनास्थलबाट एउटा लामो चक्कु बरामद भएको प्रहरीले जनाएको छ । बरामद चक्कु घाइते अन्सारीकै भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी नायब निरीक्षक भीमबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार १०:४२