सूचनाको शक्ति - The Power Of Information

        

सेवा खस्कँदै, उपचारमा समस्या


तुल्सीपुर । राप्ती उपक्षेत्रीय अस्पतालको स्वास्थ्य सेवालाई सुधार गर्न अधिकारकर्मीले माग गरेका छन् । उपक्षेत्रीय अस्पतालको स्वास्थ्य सेवा दिनप्रतिदिन खस्कँदै गएको र विशेषज्ञ चिकित्सक नहुँदा बिरामी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको भन्दै सरोकारवाला निकायले अस्पतालमा अनुगमन गरी प्रशासनलाई स्वास्थ्य सेवा सहज बनाउन माग गरेका हुन् ।
नागरिक समाजका संयोजक चन्द्रराज पन्तको नेतृत्वको टोलीले सोमबार अस्पतालको अनुगमन गरेको थियो । अस्पतालमा विशेषज्ञ चिकित्सक कार्यकक्षमा नभेटिएका, अस्पतालमा फोहर व्यवस्थापन सही रूपमा हुन नसकेको तथा जथावाभी पार्किङ गरिएको पाइएको पन्तले बताए । उपक्षेत्रीय अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा जनार्दन पन्थीले सेवामा सुधार गर्न पहल गरिने बताए । उक्त अस्पतालमा १२१ जनाको दरबन्दी रहेकमा हाल ७९ जना मात्र कार्यरत छन् । रासस

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार ०६:०३