सूचनाको शक्ति - The Power Of Information

        

वडाध्यक्ष रिजाल बने उपमहागरको प्रवक्ता

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजाललाई उपमहानगरको प्रवक्तामा चयन गरिएको छ । सामाजिक अभियन्तासमेत रहेका रिजाललाई नगर कार्यपालिकाको आज बसेको बैठकले प्रवक्तामा चयन गरेको हो ।
कानून व्यवसायी पृष्ठभूमीसमेत भएका वडाध्यक्ष रिजाललाई प्रवक्ता चयन गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । स्थानीय सरकारको रुपमा रहेको उपमहानगरपालिकाका तर्फबाट आधिकारिक धारणा अब प्रवक्ता रिजालमार्फत सार्वजनीक गरिनेछ । उनी तत्कालिन नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७५, सोमबार ०९:२६