सूचनाको शक्ति - The Power Of Information

        

भारतीय कार ट्राफिक प्रहरीको नियन्त्रणमा


बाँके । बाँकेको गनापुरमा आज शनिबार भएको सडक दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक नेपालगन्ज उपमहानगरपालिका–७ का २५ बर्षिय शौरभ सिंह रहेका छन् ।
मोटरसाइकलमा सवार नेपालगन्ज–८ का १९ बर्षिय गौरभ झा घाइते भएका छन् । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । टाउको र छातीमा गम्भीर चोट लागेको झाको अवस्था गम्भीर रहेको कलेजले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार मोटरसाइकललाई ठक्कर दिएर भाग्दै गरेको युपी ४० एसी ६६२४ नम्बरको कारलाई ट्राफिक प्रहरीले नेपाल–भारत सीमानाका जमुनाहाबाट नियन्त्रणमा लिएको छ । ठक्कर दिएर भाग्दै गर्दा कार नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले मोटरसाइकललाई ठक्कर दिने कार र कार चालक बहराइच वापिपूर्वाका रामप्रकाश वडापाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको प्रमूख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार १५:०१