सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा उच्च प्रविधियुक्त नर्सरी स्थापना

सुर्खेत । कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरिने भएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालले यस प्रदेशका २४ निर्वाचन क्षेत्रमा सो नर्सरी स्थापना गर्न लागेको हो ।
चालु आवको बजेटमार्फत् प्रदेश अन्तर्गतका १० जिल्लामा रहेका प्रदेशसभा निर्वाचन क्षेत्रका २४ निर्वाचन क्षेत्रमा एक/एक पर्ने गरी २४ नर्सरी स्थापना गरिने कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले बताइन् ।
रु एक करोडको लगानीमा २४ नर्सरी स्थापनाका लागि रु २४ करोड विनियोजन गरिएको जानकारी दिँदै उनले प्रदेशका १० वटै जिल्लामा पहिला सम्भाव्यता अध्ययन गरेर कुन जिल्लामा के उत्पादन हुन्छ, त्यसैको आधारमा नर्सरी स्थापना गरिने बताइन् ।
सहकारी र स्थानीय तहसँग समन्वय गरेर कार्यविधि निर्माण गरी फलफूल तथा तरकारीका नर्सरी सञ्चालन गरिने भएको छ । प्रदेशको हिमाली, पहाडी र प्रदेश राजधानी भएको जिल्लासहितलाई तीन भागमा विभाजन गरेर स्थान सुहाउँदो तरकारी तथा फलफूलको नर्सरी बनाइने नर्सरीलाई (बिरुवा अङ्कुरण/उत्पादन, इन्कुरेशन र ग्रोथ च्याम्बरका लागि दुई रोपनी जग्गा आवश्यक पर्ने जनाइएको छ । रासस

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ०६:२५