सूचनाको शक्ति - The Power Of Information

        

एघार वर्षीय बालकद्वारा जीवनरक्षाको अपिल

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मोतीपुर निवासी ११ वर्षीय बालक शशी अधिकारीले आफ्नो जीवन बचाइदिन आग्रह गरेका छन् ।
आफ्ना दुवै मिर्गाैलाले काम नगरेकाले उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरेका हुन् । बिहीबार तुलसीपुरमा उनले पत्रकार सम्मेलन गरी उपचारका लागि आवश्यक रकम आफ्नो परिवारसँग नभएकाले सबैको स–सानो सहयोगले पनि आफ्नो जीवनरक्षाका लागि ठूलो योगदान हुने बताए ।
उनले भने, ‘बुबा अपाङ्ग हुनुहुन्छ, घरको आर्थिक अवस्था नाजुक छ, उपचार गराउन फुपूले भारतको लखनउ लग्नुभयो त्यहाँका चिकित्सकले रु तीन लाख लाग्छ भनेकाले आफू फर्केर आएको हुँ ।’ पत्रकार सम्मेलनमा बालक अधिकारीकी फुपु खीमा भण्डारीले पनि आर्थिक अभबकै कारण उपचारका लागि सहयोग गरिदिन सबैमा आग्रह गरिन् ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ०३:२१