घरमा बसेको बच्चालाई अपहरण गरी मार्नेलाई के अभिनन्दन गर्नुपर्थ्यो ? अबोध बालकका हत्याराको मानव अधिकार रे ? मानव अधिकारको आवरण भित्र के अपराध छुप्न सक्छ ?
यस्तो छ, झाँक्रीको भनाई
समाजमा निर्दोश ब्यक्तिहरूको हत्या गर्ने, अपहरण गर्ने र पैसा असुल्ने अपराधीको पक्षमा बोल्नेहरूको नाममा कतै मैले गरेको कमेन्ट हो यो । हो न म चरीको मानव अधिकार थियो भन्ने मान्न सक्छु न त घैटेको वा मनोज पुनको नै ।
समाजका यस्ता अपरहणकारी, हत्यारा र अपराधीलाई बाच्ने सुबिधा दिनुपर्छ भन्ने लाग्दै लाग्दैन । म बढो आत्मविश्वास साथ भन्न सक्छु, अपहरणकारी र हत्यारालाई ठाउका ठाउँ ईन्काउन्टर दिनुपर्छ । कुरा कतै मोड्नु नै पर्दैन । किनकी कुरा सिधा छ । आज हत्यारा अपहरणकारीको पक्षमा बोल्नु भनेको पनि अपराध नै हो । केहीले तर्क गर्छन् की प्रमाण मासियो रे !
अपराधशास्त्रको सामान्य सिद्धान्त अनुसार हेर्दा यो कुनै संगठित अपराध होइन, यिनका पछाडी संगठित गिरोह भएको अवस्था पनि होइन । सामन्य गरीव पृष्ठभूमीको परिवारको बच्चा हुन् निसान । उनका बाबुले मलेसियाबाट पैसा पठाएको थाहा पाएर निसानको आमासँग पैसा छ, थोरै धेरै भन्ने जानेर नै त्यो पैसा आफ्नो हातमा पार्ने उद्देश्य र अपराधिक मानसिकताले बच्चाको अपहरण गरेको देखिन्छ ।
सुरूमा थोरै धेरै पैसाको र फिरौती कै लागि अपहरण गरेका छन् । तर बच्चाले अपरहणकारीलाई चिनेकोले भोली पैसा लिएर छोड्दा आफू फसिन्छ भनेर नै प्रमाण नास गर्न त्यो बच्चाको हत्या गरेका छन् । त्यसैले उनीहरूलाई इन्काउन्टर गर्नु सर्वथा ठिक हो । यदि यसपटक उनीहरू उम्केको भए अझ ठूला अपराधी भएर निस्कन्थे, पेसेवर हुन्थे ।
(नेकपाकी सांसद रामकुमारी झाक्रीको फेसबुक वालबाट साभार गरिएको – सं.)
।