सूचनाको शक्ति - The Power Of Information

        

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११, गाग्रेतालस्थित भे १ क ४७३ नम्बरको स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ का ११ वर्षीय बालक प्रदीप अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेका उनको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा उपचारको क्रममा आज बेलुका ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए । मृतक प्रदिप अधिकारी सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखमा बाल संरक्षण अधिकृतको पदमा कार्यरत निर्मल अधिकारीका छोरा हुन् ।
उनलाई आज बेलुका गाग्रेतालस्थित बाटोमा हिँड्दै गर्दा सुप्रिम बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो । ठक्कर दिने बस र वीरेन्द्रनगर–८ इत्राम सुर्खेत निवासी २४ वर्षीय चालक तेजबहादुर रानालाई नियन्त्रण लिई थप अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्यामप्रसाद चौधरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार १६:३०