सूचनाको शक्ति - The Power Of Information

        

कपाल झर्न रोक्ने र सुन्दर बनाउने उपाय

जुली प्याकुरेल/व्यूटिसियन, विराटनगर

जुली प्याकुरेल/व्यूटिसियन, विराटनगर

कपाल केराटिन नाम भएको प्रोटिनले बन्छ । हाम्रो टाउकोको कपाल भित्री सतहको तल फोलिकल नलीबाट बिकसित हुन्छ । यसको जरामा एउटा जीवित कोसीका हुन्छ त्यही जिवित कोशिकाबाट कपालको निर्माण हुन्छ । यहि फोलिकलको साथमा तेलिया ग्रन्थी हुन्छ । जसबाट कपालमा चिल्लोपन पुग्छ र कपाल चमकदार देखिन्छ । कपाललाई कालो रंग दिने एक प्रकारको विशेष किसिमको कोशिका हुन्छ, जब यो कोशिकाले काम गर्न बन्द तब कपाल फुल्न थाल्दछ । हाम्रो कपाल छिद्रयुक्त हुन्छ ।
यसैकारण हामी जब कपाल रंगाउनको लागि कुनै रासायनिक पदार्थको प्रयोग गर्छौ तब यो रासायनिक पदार्थ सिधै भित्री सतहमा पुग्छ र हाम्रो कपालको जरालाई हानी पुर्याउँछ । यसरी रासायनिक पदार्थको अत्याधिक प्रयोग गर्दा कपाल सेतो हुने, कपाल झर्ने, कपाल टुक्रने यी सब समस्या उत्पन्न हुन्छ । टाउकोको तेलिय गुण अधिक मात्रामा सक्रिय हुँदा या निस्क्रिय हुँदा पनि कपाललाई हानी हुन्छ । कपाल धेरै नै तेलिय छ भने कपालले चाँडै फोहोर टिप्छ, फोहोर देखिन्छ, कपाल झर्छ । यदि कपाल अधिक सुक्खा भएको छ भने पनि कपाल झर्ने, कपाल टुक्रने हुन्छ र कपालमा चमक हुँदैन । यदि कपालमा चमक छैन भने बेलाबेलामा तेलको मालिस गराउनुपर्छ ।
तेलको मालिस गराउँदा टाउकोको रक्त सञ्चार सुचारु हुनुका साथै कपालको रेसा र जरा पनि बलियो हुन्छ । सुक्खा र फुस्रो कपालको लागि मालिस अत्यन्त जरुरी छ । मालिस गराउँदा यदि सहि प्रक्रिया मिलेन भने कपाल झन् झर्छ । यसकारण टाउकोको मालिस गर्न अनुभवी र जानेको व्यक्तिको हातबाट मालिस गराउनुपर्छ । मालिसपछि स्टिम लिनु आवश्यक छ । किनकी मालिस गरिसकेपछि कपालको भित्री भागसम्म तेल पुग्छ र जरा बलियो बनाउँछ । सहि प्रक्रियामा कपालको मालिस गरिएको छ भने टाउकोको रक्त सञ्चार बढ्छ र तेलीय ग्रन्थीले सक्रियतापूर्वक काम गर्छ । उल्टो सुल्टो बेसुरले गरेको मालिसले कुनै पनि फाइदा हुँदैन झन् उल्टो हानी मात्र हुन्छ ।
यदि महिनामा कसको समस्या हुनेहरुले दुई पटक मालिस गराउँदा समस्या कम गर्न सकिन्छ । टाउकोको मालिस गरिसकेपछि र स्टिम लिइसकेपछि राम्रो गुणस्तरको कपाल अनुसारको हेयर प्याक लगाउने गर्नुपर्दछ यस्तो गर्दा कपाललाई बढी फाइदा दिन्छ । यदि अधिक मात्रामा केशमा तेलिय ग्रन्थी सक्रिय भइ तेल फ्याँक्छ भने मसाजको त्यति जरुरी छैन । कपाललाई धुँदा घोलिनयुक्त स्याम्पुको प्रयोग गर्नु राम्रो हुन्छ । कपाललाई हल्का अमिलो भएको झोलले धुँदा टाउकोको छालामा क्षारिययुक्त जुन एक तह हुन्छ त्यो तहलाई नस्ट गर्छ र कपाललाई फाइदा पुग्छ ।
यसको लागि हामीले टाउको धुँदा स्याम्पु गरिसकेपछि एक जग पानीमा कागतीलाई निचोरेर कपाल धुँदा टाउकोको छाला स्वाथ्य रहन्छ । यसरी अमिलो भएको झोललाई प्रयोगमा ल्याउँदा तैलीय ग्रन्थीलाई पनि सन्तुलन बनाइराख्छ र टाउकोको संक्रमणबाट बच्न सकिन्छ । यदि कपाल धेरै झर्छ भने डाक्टरी उपचारका साथै घरमै मेहेन्दी, सिकाकाई, रिठ्ठा, अमलाको धुलोलाई पानीमा भिजाएर त्यसबाट तयार भएको पेस्ट लगाउनुपर्छ । कपाल झर्नुको मुख्य कारण कपालको जरामा प्रोटिनको कमीले पनि हो । यसको लागि हामीले खानपिनमा पनि ध्यान पुर्याउनु पर्दछ र अलिकती कपालको सौन्दर्यतालाई बचाई राख्नको लागि पनि हामीले केहि महत्वपूर्ण कुरामा ध्यान दिन आवश्यक छ ।
जस्तै, स्याम्पुको सहि छनोट, स्याम्पु गरिसकेपछि राम्ररी कपाललाई पखाल्ने, चिसो कपाललाई नकोर्ने, कपालमा केमिकलको प्रयोग नगर्ने, ड्रायरको प्रयोग धेरै नगर्ने आदी । बेलाबेलामा कसको मसाज गराउँदा र स्टिम दिँदा कपाल झर्नबाट र फुल्नबाट केही हदसम्म केसलाई बचाउनुको साथै कपाल फुल्ने समस्याबाट पनि केही हदसम्म बच्न सकिन्छ र टाउकोमा रक्त सञ्चार प्रणालीलाई सञ्चालन गर्न सहयोग गर्दछ । कहिलेकाहीं धेरै मानसिक तनावको कारणले पनि कपाल मृत एवं निर्जिव भएजस्तो जर्जर परेको देखिन्छ । यस्तो भएमा कपालको मसाजले काई हटाउनुको साथै कपालको जरामा अक्सिजन पुग्दछ र जराबाट प्राकृतिक चिल्लो निस्कन्छ । जसले गर्दा केसमा नयाँ चमक आउँछ ।

प्रकाशित मिति : २१ श्रावण २०७५, सोमबार ०८:३७