एजेन्सी । दिनहुँ महिला बलात्कारको घटना बढ्दो छ । कलिला बालिकादेखि वृद्धा महिलासम्म बलात्कार हुने गरेका छन् । सामूहिक बलात्कार गर्ने र बलात्कारपछि हत्या गर्ने घटनाहरू बढ्दो छ । महिला मात्रै नभएर अब जनावर पनि मान्छेबाट बलात्कृत हुन थालेको छ ।
भारतको हरियाणा राज्यको मेवात मिरारा गाउँमा एउटा गर्भवती बाख्रीको सामूहिक बलात्कारपछि मृत्यु भएको छ । हत्यामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । उक्त घटना जुलाई २५ तारिखको राति घटना भएको हो । बलात्कारको केही समय पछि उक्त बाख्राको निधन भएको थियो ।
घटनाको भोलि पल्ट नागिना प्रहरी चौकीमा बाख्रा मालिक अश्लुले उजुरी दर्ता गरेका थिए । सभाकर, हारोन, जाफ्फर र अन्य ५ जना विरुद्ध अश्लुले निवेदन दिएका छन् । नागिना प्रहरी चौकीका इन्चार्ज राजभिर सिंहले घटनाको पुष्टि गर्दै आठै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए । बलात्कारी ८ मध्ये एकजना सुस्त मनस्थितिको भएको प्रहरीले जनाएको छ । बाख्रा मालिकका अनुसार उनीहरूले बाख्रालाई राती एउटा पुरानो घरमा लगेका थिए ।
।