सूचनाको शक्ति - The Power Of Information

        

नवगायिका थापाको ‘शीरै लाउनी शीरफुल मेरो’ सार्वजनीक (भिडियोसहित)


बाँके । सबैखाले गीतहरुमा विकृति भित्रिरहेका बेला नवगायिका गीता थापाले लोकलयमा आधारित तीज गीत गाएर आफ्नो छुट्टै पहिचान दिएकी छन् । पत्रकारसमेत रहेकी थापाले गीत होडवाजीका लागि नभई स्थानीय लोकलयमा आधारित भएर छुट्टै मौलिकता र पहिचानका लागि गीत गाएको बताइन् ।
उनले भनिन्, ‘पछिल्लो समय तीज गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । तीज गीतमा विकृति भित्रिएका जुनासाहरु आइरहेका बेला मैले लोकलयमा आधारित मौलिक गीत बजारमा ल्याएकी हुँ । यसलाई दर्शक तथा श्रोताले माया गर्नुहुनेछ ।’ पत्रकार थापाको टिपिकल तीज गीत ‘शीरै लाउनी शीरफुल मेरो’ बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियो युटुव च्यानलमार्फत म्युजिक नेपालले बजारमा ल्याएको छ । गीतमा गीता थापा, मानसिंह खड्का, शेरबहादुर आचार्य, सुनिता बुढा र सीमा परियारको आवाज रहेको छ । तिलक केसी र पतिराम रोकायको शब्द रहेको गीतमा सुरेश पुनको लय छ । पछिल्लो समय गायकसँगै म्युजिक भिडियो निर्देशनमा पनि जमेका मानसिंह खड्काकोे निर्देशन रहेको गीतमा राजेन्द्र, दिपाशा, सुरेन्द्र, स्वस्तीका, आकाश र शान्तीको नृत्य रहेको छ ।
सुर्खेत स्थायी घर भएकी पत्रकार थापाका यसअघि पनि केही गीत बजारमा आएका छन् । पहिलो गीत ‘मात्र तिम्रो कारण’ र दोस्रोे गीत ‘पूर्व अनि पश्चिम हुनाले’ गीत बजारमा छन् । जुन गीत मध्य र सुदूरपश्चिममा अत्याधिक रुचाइएका छन् । पत्रकारितासँगै गायन क्षेत्रमा पनि स्थापित बन्न खोजिरहेकी थापा हाल काठमाडौंस्थित क्यापिटल एफएममा कार्यरत छिन् ।

 

 

प्रकाशित मिति : १३ श्रावण २०७५, आइतवार १५:५३