बाँके । बाँकेका अधिकांश स्थानीय निकायले वर्षभरी खर्च गरेको हरहिसाव कोष तथा लेखा नियन्यत्रण कार्यालयलाई बुझाउन इन्कार गरेका छन् । उनीहरुले हालै सकिएको आर्थिक वर्षमा खर्च गरेको पूजिगत (विकास बजेट)को हरहिसाव बुझाउन इन्कार गरेका हुन् ।
हरहिसाव नबुझाएपछि कोलनिकाले ताकेता गरेको छ । उसले साउन ७ गतेभित्रै बुझाउन आग्रह गरेको थियो । तर खजुरा र बैजनाथ गाउपालिका बाहेकका स्थानीय सरकारले खर्च गरेको हिसाव दिन नमानेका हुन् ।
नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक ठाकुरप्रसाद पौडेलले स्थानीय सरकारले खर्च गरेको रकम हिसाब हालसम्म नबुझाएको बताए । उनका अनुसार खर्च विवरण साउन १ गतेभित्रै बुझाउनु पर्छ । त्यसका लागि सबै स्थानीय तहलाई सुत्र नामक सफ्टवेयर दिइएको छ ।
उक्त सफट्वेर प्रयोग गरेको भए सहजै समयमै हिसाव दिन सकिन्छ । ‘सुत्र नामक सफ्टवेयर प्रयोग गरिए केही गर्नै पर्दैन । आफै हिसावकितव आउँछ,’ उनले भने, ‘सिधै कम्प्युटरबाट प्रिन्ट गरेर बुझाए हुन्छ ।’ उनका अनुसार उक्त सफट्वेयर प्रयोग नगरिएका कारण स्थानीय निकायलाई हिसाव बुझाउन समस्या भएको हो ।
उक्त सफट्वेयर प्रयोग गरिए कहिले, कुन मितिमा र कसका लागि चेक काटेको विस्तृत विवरण देखाउँछ । अघिल्लो वा पछिल्लो मितिमा चेक काटिए उक्त सफ्टवेयरले स्वीकार गर्दैन । त्यसैले आर्थिक वर्षको अन्तिममा खर्च गरेको रकम मिलान गर्न स्थानीय निकायले उक्त सफट्वेयर प्रयोग नगरेको अनुमान छ ।
कोलेनिकाका अधिकारीहरुका अनुसार स्थानीय निकायका अधिकारीहरुलाई सम्पर्क गर्दा एक/दुई दिनमा हिसाब बुझाउन जवाफ आउने गरेका छन् । ‘स्थानीय सरकारका लेखा अधिकृतहरुले छिट्टै हिसाब बुझाउने भन्नुभएको छ । तर कहिले बुझाउनु हुन्छ अनिश्चित छ,’ प्रमुख कर अधिकृत पौडेल भन्छन् ।
त्यस्तै स्थानीय सरकारल खर्च गरेको कुल बजेट मध्ये करिव एक चौथाईभन्दा बढी आर्थिक वर्षको अन्तिम समयमा खर्च गरेका थिए । कोलनिकाका अनुसार बा“केमा ८१.७२ प्रतिशित विकास बजेट खर्च भएको छ । तर अन्तिम समयसम्म पनि करिब १८ प्रतिशत भन्दा बढी पूजीगत बजेट खर्च हुन नसकेर फर्किएको छ । विकास बजेटको रकम बर्षा लागेपछि असारमा खर्च गर्ने परम्पराले यो बर्ष पनि निरन्तरता पायो ।
बा“केमा ८ स्थानीय सरकार छन् । हालै सकिएको आर्थिक वर्षमा सरकारले तीन अर्ब बढी बजेट दिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाले ६८ करोड २५ लाख ८३ हजार बजेट पाएको थियो । कोहलपुर नगरपालिकाले ४२ करोड २८ लाख ८१ हजार बजेट पाएको थियो ।
खजुरा गाउपालिकाले ३९ करोड ८९ लाख ९७ हजार, जानकी गाउपालिकाले २७ करोड ८६ लाख ३७ हजार, डुडुवा गाउ“पालिकाले २८ करोड ५६ लाख ८० हजार, नरैनापुर गाउपालिकाले ३० करोड, ९० लाख १३ हजार, बैजनाथ गाउपालिकाले ३६ करोड ६७ लाख २८ हजार र राप्तीसोनारी गाउपालिकाले ५४ करोड ३४ लाख ५४ हजार बजेट पाएका थिए ।
।