सूचनाको शक्ति - The Power Of Information

        

बजेट खर्चमा पुरानै प्रबृत्ति, कुल खर्चको २५ प्रतिशत असारमा खर्च

बाँके । बाँकेमा बजेट खर्चमा पुरानै प्रबृति दोहोरिएको छ । खर्च भएको कुल बजेट मध्ये करिव एक चौथाईभन्दा बढी आर्थिक वर्षको अन्तिम समय असारमा भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका अनुसार बाँकेमा ८१.७२ प्रतिशित विकास बजेट खर्च भएको छ ।
तर यो तथ्यांक स्थानीय तहलाई पठाएको चौमासिक बजेट अनुसारको हो । विकास बजेट खर्च मध्ये असार मसान्तमा करिव २५ प्रतिशत (२ अर्ब ५३ करोड ३८ लाख) बढी रकम खर्च भएको छ । अझै पनि स्थानीय तहरुले खर्च रकमको बिस्तृत हिसाब विवरण कोलनिकामा नबुझाएका कारण त्यसभन्दा बढी बजेट खर्च भएको हुनसक्ने कोलेनिका बाँकेका प्रमुख कोष नियन्त्रक ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार स्थानीय सरकारलाई दिइएको पहिलो र दोस्रो चौमासिकमा पठाएको बजेट खर्च हुननसकेर थुप्रिएको थियो । तर असार लागेपछि धमाधम खर्च गर्ने प्रबृति फेरि पनि देखिएको छ । अन्तिम समयसम्म पनि करिब १८ प्रतिशत भन्दा बढी पूजीगत बजेट खर्च हुन नसकेर फर्किएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ०९:४२