सूचनाको शक्ति - The Power Of Information

        

बर्षायाम सुरु भएसँगै भाइरलका विरामी बढे

बाँके । बर्षा मौसम सुरु भएपछि भाइरलका विरामी बढेका छन् । बद्लिँदो मौसमका कारण बाँकेमा भाइरलका विरामी बढेका हुन् । शुरुमा टाउको दुख्ने, जीउ दुख्ने, रुघा खोकी लाग्ने, छाती घ्यारघ्यार हुने, हाच्छिउ आउने र उच्च ज्वरो आएर नजिकको स्वास्थ्य संस्थामा देखाउनका डाक्टरहरुले सुझाव दिएका छन् ।
नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल र स्वास्थ्य केन्द्रहरुमा उपचारका लागि आउने विरामीको भिड लाग्ने गरेको हो । भेरी अन्चल अस्पतालका प्रमुख डा. प्रकाश थापाले केही दिनयता अस्पतालमा उपचारका लागि आउने विरामीको संख्या बढेको बताए ।
उनका अनुसार अधिकांश विरामीहरुमा मौसमी भाइरलको समस्या देखिएको छ । रुघाखोकी, ज्वरो आउने, आ“खा पाक्ने र छाला सम्बन्धि समस्या बढीजसो देखिएको छ । चिकित्सकहरुका अनुसार बर्षातमा वातावरण दुषित हुने भएकाले मौसमी भाइरलको समस्या देखिने गरेको हो । उनीहरुले सफा पानी प्रयोग गर्न र सरसफाईमा ध्यान दिन सुझाव दिएका छन् ।
अस्पतालमा भाइरलबाट प्रभावित बालबालिका र बृद्धबृद्धा बढी आउने गरेका छन् । सुरुमा सामान्य टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट पानी आउने र अनियमित ज्वरो आउने तथा रुघाखोकी लाग्ने र कमजोर हुने जस्ता रोगको लक्षण रहेको अस्पतालका प्रशासनले जानकारी दिएको छ । भाइरलको प्रकोप देखिएकोले अनिवार्य मास्कको प्रयोग गर्न तथा उमालेको पानी प्रशस्त मात्रामा पिउन डाक्टरले सर्वसाधरणलाई सुझाव दिएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार ०९:४०