सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज राजपत्र सार्वजनिक

नेपालगञ्ज उपमहानगरपालिकाले आज राजपत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्यद्वय महेश्वर गहतराज र नन्दलाल रोकाय, जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव र नगर प्रमुख डा धवलशम्शेर जबराले संयुक्त रुपमा राजपत्र सार्वजनिक गरे ।

त्यस अवसरमा सांसद गहतराजले संघीय पुनसंरचनामा अधिकारसम्पन्न तीन सरकारका कानून र प्रक्रिया फरक भए पनि नेपालको मूल कानूनअनुसार नै अघि जाने बताए ।स्थानीय तहमा देखिएका समस्यालाई अब तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उहाँले आवश्यक जनशक्ति र भौतिक पूर्वाधारको निर्माण गरी प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

सो राजपत्रमा भाग एकअन्तर्गत आर्थिक ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानून, विनियोजन ऐन, सहकारी ऐन, प्रशासनिक कार्यविधि ऐन, कृषि व्यवसाय प्रबद्र्धन ऐन, न्यायिक समिति कार्यविधि ऐन र भाग २ मा १६ नियमावली, कार्यविधि, निर्देशिका र आचारसंहिता रहेको उपप्रमुख उमा थापा मगरले बताए।

त्यस अवसरमा विभिन्न क्षेत्र निकाय र तहबाट विशेष योगदान पु¥याएका करीब २५ व्यक्ति तथा संस्थालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार १५:२१