सूचनाको शक्ति - The Power Of Information

        

फुलवारीमा विद्युत् चोरी गर्ने ११ पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका–१३ को फुलवारीमा विद्युत् चोरी गर्ने ११ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँका दिपक नेपाली, जितराम विश्वकर्मा, कमल विक, प्रेम डाँगी, भरत विक, छविलाल खडका, नरबहादुर विश्वकर्मा, सुरज विक, खोपीराम खत्री र पोषण न्यौपाने लगायत छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार उनीहरूलाई नेपाल विद्युत् वितरण कार्यालय तुलसीपुरका प्रमुख दिपक चौधरीको नेतृत्वमा गएको टोलीले आज पक्राउ गरेको हो । फुलवारी क्षेत्रबाट व्यापकरुपमा विद्युत् चुहावट भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । पक्राउ परेका ११ जनालाई विद्युतीय ऐनअनुसार कारबाही गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७५, सोमबार १३:२७