सूचनाको शक्ति - The Power Of Information

        

दुर्घटनामा घाइते पत्रकार अधिकारीको उपचारका लागि सहयोग रकम हस्तान्तरण


घाइते पत्रकार हरी अधिकारी

बाँके । सवारी दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार हरी अधिकारीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । खजूरा सञ्चार समुहले विभिन्न संघ संस्था र ब्यक्तिसँग संकलन गरेको ५८ हजार ५०० रुपैयाँ आइतबार परिवारलाई हस्तान्तरण गरेको हो ।
खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लले १५ हजार, सद्भाव दैनिकका सम्पादक/प्रकाश दामोदर भण्डारीले १० हजार, चितवन सेवा समाजका अध्यक्ष चन्द्र श्रेष्ठले ८ हजार, सदरलाइन डटकमका सम्पादक रुद्र सुवेदीले ५ हजार र लोकप्रिय सन्देश दैनिकले ५ हजार सहयोग गरेको छ ।
त्यसैगरी, बाँके पोष्टका अध्यक्ष राजन श्रेष्ठले ५ हजार, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले ५ हजार र काँचुली खबर डटकमका गजेन्द्र गुरुङले पत्रकार अधिकारीको उपचारका लागि उपलब्ध गराएको ३ हजार गरी ५६ हजार रुपैयाँ आइतबार पत्रकार अधिकारीकी पत्नी जमुना उपाध्याय वाग्लेलाई हस्तान्तरण गरिएको हो । सुवेदीले अधिकारीको उपचारका लागि थप दुई हजार ५०० रुपैयाँ समेत सहयोग गरेका छन् ।
खजुरा सञ्चार समूहका सचिव गोविन्द शर्मा र सल्लाहकार रुद्र सुवेदीको पहलमा सहयोग रकम संकलन गरिएको हो । खजुरा सञ्चार समूहले पत्रकार अधिकारीको उपचारका लागि बिभिन्न संघ संस्था र ब्यक्तिहरुले सहयोगको प्रतिवद्धता गरेको जनाएको छ ।
विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनासाथ परिवारलाई हस्तान्तरण गरिने समूहले जनाएको छ । शुक्रबार राती पत्रकार अधिकारी मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । अधिकारीलाई थप उपचारका लागि आज आइतबार साँझ राजधानी लैजाने तयारी गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७५, आइतवार ११:२०