सूचनाको शक्ति - The Power Of Information

        

गम्भीर घाइते प्रहरीलाई काठमाडौँ लगियो

बाँके । जुम्लामा अनशनरत डा गोविन्द केसीका समर्थक र प्रहरीबीच बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरीलाई थप उपचारका लागि आज काठमाडौँ पठाइएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार भएको झडपमा परी गम्भीर घाइते प्रहरी जवान कमलप्रसाद आचार्यको नर्सिङहोम नेपालगन्जमा उपचार भइरहेको थियो ।
घाइते उपाध्यायको अवस्था गम्भीर भएपछि थप उपचारका लागि अहिले केहीबेर अघि माउण्टेन हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । उनका अनुसार घाइते आचार्यलाई उपचारका लागि बिहीबार जुम्लाबाट नेपालगन्ज ल्याइएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १०:४८