सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश पाँचमा ६ वटा संसदिय समिति गठन

बुटवल । प्रदेश नम्बर पाँचको प्रदेश सभाले ६ वटा बिषयगत संसदिय समिति गठन गरेको छ । प्रदेशका मन्त्रालय र तिनका काम कर्तब्य र जिम्मेवारी समावेश हुनेगरी यसअघि ४ संसदिय समिति रहेको प्रदेश सभाको नियमावलीलाई परिवर्तन गरि ६ बनाइएको हो ।
नवगठित संसदिय समितिमा सार्वजनिक लेखा समिति, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पुर्वाधार तथा बिकास समिति, प्रदेश मामिला तथा कानुन, सामाजिक बिकास कृषि वन तथा बातावरण समिति रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सार्वजनिक लेखा समितिमा १२ जना, भौतिक पुर्वाधारमा १४ जना र अन्य समितिहरु १३ सदस्यिय रहेको प्रदेश सभामुख पुर्णबहादुर घर्तीले बताएका छन् । लेखा समितिमा प्रतिपक्षबाट ४ जना, सत्ता पक्षबाट ८ जना सदस्य रहेको र अन्य समितिमा प्रतिपक्षका ३ जना राखिएको पनि उनले बताए ।
साथै दलिय सहमती अनुसार सत्तापक्ष नेकपाको नेतृत्वमा ४ वटा समिति, प्रमुख प्रतिपक्ष नेका र फोरमलाई १÷१ समितिमा नेतृत्व गर्ने जिम्मेबारी तोकिएको पनि सभामुख घर्तीले बताए । प्रतिपक्षलाई समेटने हिसावले संसदिय समिति संख्या ४ बाट बढाएर ६ पुर्याएको उनले जानकारी गराए ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार ०४:०८