बुटवल । भारतीय नोटको अवैध कारोबार गरेको आरोपमा प्रहरीले भैरहवाबाट ४ जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर १३ स्थित ह्वाइट लोटस होटलको कोठाबाट उनीहरुलाई ५३ लाख रुपैयाँ भारतीय नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतीय नोटसहित रुपन्देही रोहिणीका दुधनाथ योगी, सिद्धार्थनगर २ बस्ने गणेश थापा, बुटवल १६ का हेमराज कठरिया, र सिद्धार्थनगर ८ का राजु बुढाथोकी पक्राउ परेको प्रहरी नायब उपरिक्षक कुमुद ढुंगेलले जानकारी दिए । ।
विशेष सूचनाको आधारमा होटलको कोठा नम्बर १०७ मा खानतलासी गर्दा बरामद भारतीय रुपैयाँ र पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान बिभाग पठाइएको उनले बताए ।
।