सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रशासनद्वारा पच्चीस करोड बराबरको राहत वितरण

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत गत आवमा करिब रु २५ करोड बराबरको राहत वितरण भएको छ । आगलागी, बाढीपीडित, चट्याङ, करेन्ट, द्वन्द्वपीडित, अपांग, घाइते लगायतलाई उक्त रकम बराबरको राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।
आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रजिअ केसीले हालसम्म रु तीन लाख ४४ हजार ७७ थान नागरिकता वितरण गरेको बताए । उनका अनुसार आव २०७४÷०७५ मा १६ हजार ४५१ थान नागरिकता र छ हजार १३३ थान राहदानी वितरण गरिएको छ । यसैगरी, जिल्ला प्रशासन कार्यालयमा हालसम्म एक हजार ५३५ संस्था दर्ता, नौ कानूनी विवाह दर्ता र १८८ नाबालक परिचयपत्र वितरण भएको प्रजिअ केसील जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार १४:२१