सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी अञ्चल अस्पताललाई लायन्स क्लवको साढे २५ लाखको मेडिकल सामाग्री

रेनुका गिरी । बुटवल । बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताललाई लायन्स क्लव अफ बुटवलले २५ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । बिशेषतः नवजात शिशुहरुको उपचार, स्याहार र सुरक्षाका लागि ति मेडिकल उपकरणहरु आवश्यक पर्ने भएकाले अस्पताललाई उपलब्ध गराइएको लायन्स क्लव अफ बुटवलले जनाएको छ ।
ति उपकरणहरु प्रयोग गर्दा वा भबिष्यमा हुन आउने मर्मत सम्भार खर्चसमेत सम्पूर्ण सञ्चालन आर्थिक भार सहयोगी संस्थाले नै ब्यहार्ने गरि सम्झौता गरिएको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ । दैनिक ३५ भन्दाबढि शिशुको जन्म हुने लुम्बिनी अञ्चल अस्पतालमा निर्माण गरिएको नवजात शिशु उपचार केन्द्रका लागि उक्त सामाग्रीहरु प्रदान गरिएको लायन्स क्लव अफ बुटवलका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले बताए ।
ति उपकरणहरुले अस्पताललाई जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा सघाउ पुराउने अस्पताललका मेडिकल सुपरिटेण्डेण्ट कृष्ण खनालले बताए । दैनिक करिब १ हजार बिरामीहरु उपचारका लागि आउने लुम्बिनी अञ्चल अस्पताललाई बिशिष्टिकृत गर्दै क्रमशः आँखा, दाँत र मधुमेहको गुणस्तरिय उपचारको प्रमुख केन्द्रको रुपमा बिकास गरिने उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०७५, बुधबार १२:५६