दाङ । पछिल्लो समयमा दाङमा झुक्याएर विवाह गर्नेको संख्या बढ्दै गएको पाइएको छ । दाङ देउखुरी जिल्ला अदालतका मुख्य न्याधिस हेमन्त रावलले अदालतमा झुक्याएर विवाह गरेको भन्दै सम्बन्धविच्छेद गर्न आउने थालेको बताएका छन् । अदालतमा पर्ने सबैभन्दा बढि मुद्दा सम्वन्धविच्छेदको नै पर्नेगरेको छ ।
कामको शिलशिला गृह जिल्ला बाहिर जाने र त्यही झुक्याएर दोस्रो विवाह गरेको, समलिङ्गी तथा नपुंसकले पनि झुक्याएर विवाह गर्ने गरेको र पछि महिलाले थाहा पाएपछि झुक्याएर विवाह गरेको भन्दै सम्वन्धविच्छेद गरिपाउँ भन्नेको उजुरी पर्न थालेको उनले बताए ।
‘पहिले अदालतमा श्रीमानले खान दिएन्, घरमा बस्न दिएन् भनेर सम्वन्धविच्छेदको मुद्दा पर्ने गर्थे ’ अदालतका मुख्य न्यायधिस रावलले भने, ‘ईजालासमा सम्वन्धविच्छेदको बवहस गर्ने क्रममा झुक्याएर विवाह गरेको भनेर मुद्दा आउने गर्छन् ।’ कानूनी हकमा महिलाको पक्षमा समवन्ध विच्छेदको कानून बने पनि सामाजिकपमा सकारात्मक प्रभावकारी भए नभएको विषयमा सोच्नुपर्ने अवस्था भएको बताए ।
अदालतमा सबैभन्दा बढि मुद्दा सम्वन्धविच्छेदको पर्ने गरेको उनले वताए । गत आर्थिक वर्ष २०७४÷०७५मा भए गरेका कामहरुको वारेमा जानकारी गराउने क्रममा अदालतका मुख्य न्यायधिस रावलले बताए । अदालतमा गत आर्थिक वर्षमा २ हजार ५०० मुद्दा दर्ता भएको छ । ति मध्ये सबैभन्दा बढि सम्वन्धविच्छेदको परेको उनले वताए । गत आर्थिक वर्षमा ६४० वटा सम्वन्धविच्छेदका मुद्दा परेका थिए । ति मध्ये ४९५ वटा मुद्दा फर्छयौट भएको छ र १४५ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् ।
त्यस्तै अदालतमा ५६ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । त्यस मध्ये २५ वटा मुद्दा फछ्र्यौट भएका छन् भने ३१ वट जबरजस्ती करणीको मुद्दा फैसा हुन बाँकी रहेको अदालतले जनाएको छ । त्यस्तै २८ वटा लागुऔषधको मुद्दा परेका थिए भने त्यस मध्य् १३ वटा फछ्र्यौट भइसकेका छन् भने १५ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् । अदालतका मुख्य न्यायधिस रावलका अनुसार २ वटा मानव बेचविखन तथा ओसारपसार, ३ वटा घरेलु हिंसाका मुद्दा परेका छन् ।
।