अर्जुन ओली । बाँके । ‘दुई दशक अघि धम्बोझीमा इँटा उद्योगले खनेको एउटा खाल्डो थियो । जहाँ बर्खायाममा पानी जमेर तलाउ बन्थ्यो,’ स्थानीय धनबहादुर चन्द विगत सम्झन्छन्, ‘शुरुमा यो सामान्य खाल्डो मात्रै हो । नेपालगन्ज नगरपालिकाले कृत्रिम तलाउ खनेपछि मात्र अहिलेको वाटरपार्क बनेको हो ।’ ताल त बन्यो तर ‘आर्कषक ताल’ बनाउने योजना नगर जनप्रतिनिधिविहीन भएसँगै रोकियो ।
बनेका भौतिक संरचना बिग्रिए, भत्किए । पुनःनिर्माण गरी संरक्षण, सम्वद्र्धन गर्न चौतर्फी दवाब भने जारी थियो । ७० करोड रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिए पनि ०७३÷०७४ मा संघीय सरकारको शहरी विकास मन्त्रालयले ६ करोड रुपैयाँ विनियोजन गरेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहितफेरि तालको पुनःनिर्माण थालेको छ । आयोजना क्षेत्र नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझी र वडा नं। १८ कारकाँदोमा ६५ विगाहा क्षेत्रफलमा पर्छ ।
जहाँ सुन्दर, आकर्षक र सुविधासम्पन्न वाटरपार्कसँगै एकीकृत वस्ती बन्नेछ । आयोजनाले तालको सौन्दर्यकरण गर्नचारैतिर स्लोप, रेलिङ, फुटपाथ, ग्रीनबेल्ट लगायतका पूर्वाधार बनाउँदैछ । ‘स्लोपमा दुबो र ग्राभेल ९स्टोन पिचिङ०, त्यसमाथि रेलिङ, फुटपाथ र ग्रीनबेल्ट तयार हुनेछ । आयोजनाको केन्द्र बिन्दुमा ‘सेन्टर प्लाजा’ अर्थात गोलपार्क निर्माण गरिनेछ । जसले पर्यटकलाई आर्कषित गर्नेछ,’ वाटरपार्क आयोजनाका इन्जिनियर महेशकुमार थापाले भने ।
सरकारले २०६६ सालमा राजपत्रमा प्रकाशित गरेसँगै वाटरपार्क पुनःनिर्माण आयोजनाले वाटरपार्क जग्गा एकीकरण आयोजना लागू गरेको हो । नेपालगन्ज नगर विकास समितिमार्फत आयोजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको छ । समितिका अध्यक्ष गोपाल पुनका अनुसार यही असार अन्तिमबाट अस्थायी लालपूर्जा वितरण गरिनेछ । ‘लालपूर्जा वितरण गरिसकेपछि त्यहाँ भौतिक संरचना निर्माणको बाटो खुल्नेछ,’ पुनले भने, ‘वाटरपार्कको सौन्दर्यले पर्यटक पक्कै लोभिनेछन् ।’
दुई दशकअघि इटा खनेको खाल्डोको रुपमा रहेको वाटरपार्क दुई वर्षभित्रै छेवैमा एकीकृत वस्तीसगै आधुनिक र सुविधा सम्पन्न पार्कका रुपमा शहरको प्रमुख पर्यटकीयस्थल बन्दैछ ।
वाटरपार्क परिसरमै सुविधा सम्पन्न ‘पिकनिक स्पट’ र ‘चिल्डे«न पार्क’ बन्नेछन् । जसको निर्माणका लागि मात्र दुई करोड रुपैयाँ बजेट छ । यो‘पिकनिक स्पट’आर्थिक रुपमा सस्तो र सहज पहुँचको हुनेछ । नगरभित्रै ‘पिकनिक स्पट’ बनेपछि स्थानीयलाई चिसापानी कर्णाली, अगैया, बबई, ढकेरी, गाभरभ्याली जाने बाध्यता पनि हट्नेछ । आयोजनामा ‘रिप्लटिङ एरिया’, ‘ओपन स्पेस’ र वाटरपार्क ताल गरी तीन खण्डमा बन्दैछ । इन्जिनियर थापा ‘रिप्लटिङ एरिया’मा घरनिर्माण हुने बताउँछन् ।
वाटरपार्कमा फेवातालमा जस्तै डुंगामा सयर गर्न पाइनेछ । वाटरपार्क प्रवेशका लागि पुष्पलाल चोकबाट करिव ५० मिटर उत्तरमा सुशील नगर प्रवेशद्वारनिर्माण भइसकेको छ । एकीकृत बस्ती हुँदै वाटरपार्क पुग्न ६ मिटरदेखि २१ मिटर चौडाइका साना ठूला थुप्रै बाटाहरु बनाइनेछन् । आयोजना क्षेत्रमा २८० जग्गाधनी छन् । त्यसभित्र करिव ७०० वटा प्लट ९घडेरी० तयार गरिएको छ । ६ मिटरदेखि २१ मिटर चौडा बाटोबाट कम्तीमा २४ प्रतिशतदेखि बढीमा ६३ प्रतिशतसम्म जग्गा अधिग्रहण गरिनेछ ।
अधिग्रहण बाहेकको जग्गाघडेरी हुनेछ । जहाँ सडक, ढल निकास, खानेपानी, बिजुली, हरियाली, खुल्ला मैदान र सामुदायिक क्षेत्रको सुविधा हुनेछ । आयोजनास्थलका २१ र १८ मिटर चौडा सडकका घडेरी व्यापारिक दृष्टिकोणले महत्वपूर्ण हुने ठानिएको छ । तर, आयोजनाभित्र सडकले नछोएको कुनै पनि कित्ता राखिएको छैन । त्यसैले आयोजनाबाट नेपालगन्जकै पहिलो व्यवस्थित बस्ती बस्नेछ ।
२०५४ सालमा नेपालगन्ज नगरपालिकाको प्रमुख हुँदा वाटरपार्क सुधारका लागि पहल थालेका डा।धवल शम्शेर राणा उपमहानगरपालिका बनेपछि फेरि प्रमुखको जिम्मेवारीमा छन् । उनी वाटरपार्क नेपालगन्जको आकर्षक पर्यटकीय गन्तव्य बन्नेमा ढुक्क छन् । ‘वाटरपार्क पुनःनिर्माणका लागि बजेट अभाव हुँदैन,’ उनी भन्छन्, ‘पुनःनिर्माणपछि वाटरपार्कले मुहार फेर्नेछ ।’ –शहर फिचर सेवा
।