काठमाडौं । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशियालाई ४–२ गोलअन्तरले स्तब्ध पार्दै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको छ । यसअघि फ्रान्सले १९९८ मा विश्वकपकको उपाधि उचालेको थियो ।
दुई वा दुई चोटी भन्दा बढी पटक विश्वकप जित्ने फ्रान्स छैटौं राष्ट्र बनेको छ । यसअघि फ्रान्सले १९९८ मा पहिलो चोटी विश्वकप जितेको थियो । विश्वकप ब्राजिलले सबैभन्दा बढी ५ पटक, जर्मनी र इटालीले ४–४ पटक र अर्जेन्टिना र उरुग्वेले २–२ पटक जितेका छन् ।
मस्कोको लुजनिकी स्टेडियममा आइतबार राति भएको भएको फाइनलमा रुसलाई च्याम्पियन बनाउन एन्टिनियो ग्रिजम्यान, केलियन एम्बाम्पे र पाउल पोग्बाले १–१ गोल गरे । यस्तै फ्रान्सले एक गोल आत्मघाती उपहार पाएको थियो ।
क्रोएशियाका इभान पेरिसिक र मारियो मान्डजुकिकले एक एक गोल फर्काएका थिए । योसँगै विजेता फ्रान्सले विश्वकप उपाधिसँगै २९ मिलियन पाउन्ड पाएको छ भने उपविजेता क्रोएशियाले २१ मिलियन पाउन्डमा चित्त बुझाएको छ ।
पहिलो हाफमा क्रोएशियाले २–१ को अग्रता लिएको थियो । फ्रान्सका लागि एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत एक गोल गरेका हुन् भने एक गोल आत्मघाती उपहार पाएको हो । क्रोएशियाका इभान पेरिसिकले एक गोल गरेका छन् ।
खेलको १८ औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले डी बक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक क्रोएशियाका मारियो मान्डजुकिकको टाउकोमा लाग्दै बलले जाली चुमेपछि आत्मघाती गोलबाट फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । जुन विश्वकप फाइनलको इतिहासमा भएको पहिलो आत्मघाती गोल समेत हो ।
इभान पेरिसिकले २८ औं मिनेटमा क्रोएशियाका लागि बराबरी गोल फर्काएका थिए । १६ यार्ड बाट उनले प्रहार गरेको सटले जाली चुमेको थियो । ३६ औं मिनेटमा एन्टिनियो ग्रिजम्यानले पेनाल्टी मार्फत फ्रान्सलाई २–१ को अग्रता दिलाएका हुन् । इभान पेरिसिको हातमा बल लागेपछि भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा फ्रान्सले पेनाल्टी पाएको थियो ।
।