सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी राष्ट्रपति ट्रम्पको विरोधमा दशौँ हजार बेलायतीद्वारा प्रदर्शन

लण्डन । बेलायतको राजधानी लण्डनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आयोजना गरिएको प्रदर्शनमा शुक्रबार दशौँ हजार नागरिकले सहभागिता जनाएका छन् । बेलायतको यूरोपेली यूनियन (इयू)बाट हुने बहिर्गमन सम्बन्धमा ट्रम्पले बेलायती प्रधानमन्त्री टरिजा मेलाई आलोचना गरेपछि ट्रम्पको यस पूर्व तयभएको चार दिन लामो बेलायत भ्रमण नै तरङ्गीत हुने देखिएको छ ।
‘ट्रम्पलाई पदबाट हटाऔँ,’ ‘यो ट्रम्प विरोधी उत्सव हो,’ ‘मेरी आमाले तिमीलाई मन पराउन्नन् ! र उनले सवैलाई मन पराउछिन्,’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनकारी अक्र्सफोर्ड स्ट्रिटबाट ट्राफलगर स्क्वाएरतर्फ गएका थिए ।
‘प्रदर्शनकारीले ट्रम्प नभए उन्नाइसौँ शताब्दीमा गठन भएको गोराहरूको रङ्गभेदी गोप्य समूह हुने छैन, अमेरिका फाँसीवादी हुँनेछैन,’ जस्ता नाराहरू लगाइएका थिए । केही प्रदर्शनकारीले भाँडाहरू ठटाउँदै विरोधमा सहभागिता जनाएका थिए भने केहीले विगुल फुकेर विरोध जनाएका थिए । केहीले ट्रम्प अघि नबढ भन्दै सुन्तला रङका बेलुन समातेर जुलुसमा सहभागिता जनाएका थिए ।
एक महिलाले गुलावी रङको ‘पुसी ह्याट’ लगाएर शुरु गरिएको प्रदर्शनमा ‘ट्रम्प विरोधी एकता’ गठबन्धनका रूपमा अन्य सहभागीले शहरका विभिन्न भागबाट भाग लिएका छन् । प्रदर्शनका सहभागी सबैले अमेरिकी राष्ट्रपति ट्रम्पको बे्रक्जिटबारे आएका प्रतिक्रियाको खुलेर कडा शब्दमा विरोध जनाएका छन् । रासस/एएफपी

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ०२:०९