सूचनाको शक्ति - The Power Of Information

        

स्थायी राजधानीको टुङ्गो छिट्टै लाग्छ : कानून मन्त्री केसी

सपना बोहरा । दाङ । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले राजधानी सबैलाई पायक पर्ने र प्रशासनीक क्षेत्रका हिसाबले सहज पहुँच हुने गरी निर्धारण गरिने बताएका छन् । बैज्ञानीक ढंगबाट छिट्टै नै स्थायी राजधानीको टुंगो लाग्ने भन्दै राँको नभई दिप बल्ने अवस्थाको सृजना गर्ने बताएका हुन् ।
प्रदेशसभा सदस्यहरुले उचित निर्णयका लागि आबस्यक गृहकार्यहरु गरिरहेको र बिबेकशील ढंगबाट स्थायी राजधानी तोकिने भन्दै धैर्य गर्न नागरिकहरुलाई आग्रह गरे । सबै परिस्थितिलाई सहज बनाउँदै बिवादरहित र साझा दायित्व रहने गरी राजधानीको टुंगो लाग्ने उनको भनाई छ । रिर्पोटर्स क्लव दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कानून मन्त्री सोनामले सबै क्षेत्रका जनताले दिपावली गर्न पाउने गरी प्रदेशको राजधानी तोकिने बताएका हुन् ।
अहिले प्रदेश सभासद्हरुले प्रदेश राजधानी तोक्ने विषयमा समवन्धीत क्षेत्रका विज्ञहरुसँग परामर्श गरिरहेको बताएका छन् । राजधानीको विषयमा कोही पनि विभाजित हुन आवश्यक नभएका धारणा व्यक्त गरे । ‘हामीले निकट भविष्यमा नै पाँच नम्बर प्रदेशको स्थायी राजधानि तोक्छौ,’ उनले भने, ‘सबैलाई पाएक पर्ने ठाउँमा राजधानी हुन्छ, तपाई निश्चिन्त रहनुस् ।’
राजधानीलाई सबैले अपनत्व गर्ने गरी साझा बनाउनुपर्ने सोनमको भनाई छ । राजधानीको विषयमा अव जनतालाई चाँडै नै सुखद् समाचार सुन्न सक्ने उनले बताए । प्रदेश ५ ले समानुपातिक विकासको नीति अवलम्वन गरेको पत्रकार सम्मेलनमा जानकारी गराए । ‘हामी विकास र बजेटलाई समानुपातिक ढंगले वितरण गर्नुपर्छ भन्ने नीति अवलम्वन गरेका छौं,’ उनले भने, ‘कतै धेरै बजेट पर्ने र कतै कत्ति पनि बजेट नपर्ने हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’
प्रदेश पाँचका सबै स्थानीय तहहरुमा नमुना कृषि कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । ‘कृषि उत्पादनलाई बढाएर आत्मनिर्भर भन्ने प्रदेश सरकारको लक्ष्य रहेको वताए । व्यवसायिक कृषि गर्न चाहने तर जग्गा नभएका कृषकलाई जग्गा लिजमा लिएर कृषि गर्नको लागि प्रोतसाहन स्वरुप अनुदानमा सहयोग गर्ने बताएका थिए । रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण पत्रकार पाण्डव शर्माले गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १५:२९