सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री बिपक्षीलाई त्रसाउँदै अघि बढेको पौडेलको आरोप


बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपी ओली विपक्षीलाई तर्साउँदै नियन्त्रित व्यवस्थातर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।
रिर्पोटर्स क्लवले आइतवार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले दुइ तिहाई बहुमतको आडमा भाषणमा भ्रम श्रृजना गर्ने र बिपक्षीलाई तर्साउने रणनीतिका साथमा अतिादतर्फ उन्मूख भएको बताए ।
अनसनरत डाक्टर गोविन्द केसीका माग पुरा गराउन र उनको जीवन रक्षाको लागि काँग्रेसले कुनै कसर बाँकी नराख्ने बताए । उनले नियन्त्रित व्यवस्थाको पक्षमा देखिका प्रधानमन्त्री ओलीलाई घुँडा टेकाउन कांग्रेसले सदन र सडक तताउने बताए ।
प्रधानमन्त्री ओली संघीयताको विपक्षमा रहकोले मुलुक एकात्मक व्यवस्थामा जाने सम्भावना बढेर गएको बताए । पार्टी सञ्चालनमा गम्भीर अन्तरविरोधहरु भए पनि कांग्रेसको प्रतिपक्षीय भूमिकालाई प्रभावकारी बनाउन पार्टी नेतृत्व सहमतिका साथ अघि बढिरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २४ असार २०७५, आइतवार २३:३४