सूचनाको शक्ति - The Power Of Information

        

वर्षायामसँगै बैतडीका अस्पतालमा मौसमी बिरामीको चाप


बैतडी । वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन् । दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका अस्पतालका मेडिकल अधिकृत डा देवेन्द्र लेखकले बताए ।
डा लेखकका अनुसार छातीसम्बन्धी, भसडापखाला, आउँ, पेट दुख्नेलगायतका बिरामी अस्पतालमा बढी आउने गरेका छन् । यस्तै, ज्वरो, रुघाखोकीका बिरामी पनि धेरैजसो यो समयमा अस्पतालमा उपचारका लागि पुग्ने गरेका डा लेखकले बताए ।
उनले भने, ‘वर्षायाममा मौसम परिवर्तन भइरहने भएकाले अघिपछिको तुलनामा धेरै बिरामी हुने गरेका छन् ।’ खानपान, सरसपसइलगायतका कुरामा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिने डा लेखकको भनाइ छ । यो समयमा पिउने पानीमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीमा महिला, बालबालिका तथा वृद्धवृद्धा रहेका छन् ।
गर्मी समयमा जिल्लाका अधिकांश स्थानमा पानीको अभाव हुँदा र सरसपसइमा ध्यान नदिँदासमेत बिरामीको संख्या बढ्दै गएको बताइएको छ । जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् । गर्मी मौसममा खानपिन र सरसपसइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ०२:५४