सूचनाको शक्ति - The Power Of Information

        

वेटरदेखि इन्टरनेट मार्केटर बन्न सफल युवा सिमोन


सिमोन राई, जसको संघर्ष र सफलताका कथाहरु धेरै बन्न सक्छन् । सिमलचौरमा रहेको जनप्रिय उच्च माध्यमिक विद्यालयबाट उनले जब एसएलसी सकेर उनी उच्च शिक्षाका लागि सदरमुकाम झरे । सदरमुकाम झरेपछि उनले सफल व्यक्ति बन्ने सोंचसँगै जागिरको खोजीमा लागे र एउटा कफीसपमा जागिर गर्न सुरु गरे । उनको बाँकी संघर्ष कसरी वित्यो उनकै शब्दमा…

पोखरा आउनु मेरो पूर्व योजना थिएन । यो अचानक भएको कुरा पनि हो । एसएलसी सकेपछि मैले अब के गर्नुपर्छ भन्ने ठोस योजनाहरु पनि थिएन । यसो भनौ त्यस्तो योजना नै बनाउन सक्ने दिमाग थिएन । मात्र सकियो एसएलसी र बसोबास सर्यो पोखरामा । पोखरामा दाईहरु हुनुहुन्थ्यो, त्यसैले मलाई खासै व्यवहारमा गाह्रो पक्षहरुले समात्न सकेन । मैले हरेक कुरा सहजै महसुस गर्न सके ।
पोखरा आइसकेपछि केहि न केहि गर्नु नै पर्ने थियो । म स्कुल पढ्दाखेरी नै एकपटक मामाहरुसँग ट्रेकिङ गई, भारी बोकेर केहि हजार पैसाहरु कमाएको अनुभव थियो । भनौ पैसा पनि थियो । अनि मनमा केहि हदसम्म म ट्रेकिङ क्षेत्रमै लाग्छु भन्ने सोच बनाएको थिए । र मैले दाईहरुलाई पनि त्यहि कुरा सुझाए । दाईहरुले ट्रेकिङ क्षेत्रमा लागेर करियर निर्माण के कसरी गर्ने ? कुनै त्यस्तो सोचहरु छ ? भनेर प्रतिप्रश्न गरे ।
किनभने ट्रेकिङ पेशा भनेको सिजन अनुसार मात्र हुन्छ । त्यो भन्दा नि अर्को कुरा काम पाउनु पनि मुस्किल नै छ । त्योसँगै फेरि पढाईलाई कसरी निरन्तरता दिन सकिन्छ ? यी कुराहरु मलाई दाईहरुलाई पुनः सुझाएपछि अब त्यसो के गर्ने त ? भनेर उहाँहरुलाई सोधे । सानै भए पनि, थोरै नै आम्दानी नै भए पनि कुनै सीपमूलक क्षेत्रमा लागेर काम सिक्नु र गर्नु भन्ने कुरा गर्नुभयो र म पहिलो पटक हिमालयन जाभा कफी सपमा वेटरको रुपमा काम गर्न सुरु गरे ।

पहिलो काम, पहिलो जागिर सिक्नु र त्यस क्षेत्रसँग घुलमिल हुनु अति नै गाह्रो नभएको हुँदै होइन । तर मैले ति कुराहरुलाई आफ्नो तर्फबाट ध्यानपूर्वक काम गर्ने प्रयत्न गरे । नभन्दै पहिलो तलब मैले रु.८००० कमाए ।

पहिलो काम, पहिलो जागिर सिक्नु र त्यस क्षेत्रसँग घुलमिल हुनु अति नै गाह्रो नभएको हुँदै होइन । तर मैले ति कुराहरुलाई आफ्नो तर्फबाट ध्यानपूर्वक काम गर्ने प्रयत्न गरे । नभन्दै पहिलो तलब मैले रु.८००० कमाए । त्यो बेलाको खुशीको कुरा ब्यक्त गर्न सक्दिन । लगतै कामसँगको लगाव देखेर मेरो सिनियरहरु, अनि धेरै सम्बन्धित ब्यक्तिहरुले प्रशंसासँगै उत्साह पनि दिनुभयो । जुन मेरो लागि अमूल्य छ । लगातार काम गरिरहे ।
दाई बाबु एड्भेन्चर्स स्कुलको मार्केटिङ मेनेजरको रुपमा काम गरिराख्नुभएको थियो । उहाँ त्योसँगै अनलाइनमा खाली ब्यस्त र केहि न केहि गरिराख्नुहुन्थ्यो । म बुझ्दिन थिए । के गर्नुभएको । पछि त फुल टाइम काम छोडेर उहाँ त फुल टाइम नै गर्न लाग्नुभयो । तर अनलाइनमा रहेर काम गरेर आम्दानी गर्नुभएको देखेर छक्क पर्थे । त्यो भन्दा नि धेरै म निकै अचम्मित हुन्थे । कसरी सम्भव छ ? मेरो कामको लगावहरु दाईले पनि कहिले कसो क्याफेमा आएर नियाल्नुभएको थियो । दाई त्यो कुराहरुबाट पनि खुशी हुनुभएको रहेछ ।
र भन्नुभयो ‘पार्ट टाइम अनलाइन बिजनेश गर्ने हो ?’
‘मैले सकुला त दाई ?’
दाईले भन्नुभयो ‘कफिसपको जस्तै मेहनत, लगाब र निरन्तरता भयो भने सम्भव छ ।’
निसंकोच भने ‘हुन्छ दाई म तयार छु ।’
मसँग केहि बचत मेरो पैसाहरु थियो । त्यसबाट मैले रु.२७ हजार ८०० कोर्ष फि दाईलाई बुझाएर तालिममा सहभागी भए । सम्पूर्ण तालिमहरु अनलाइन नै हुन्थ्यो । दाईले बिना छुट मलाई उक्त फि तिर्न भन्नुभएर मैले तिरे । अहिले पनि संझन्छु त्यो बेलाको कुरा ‘भाई पैसा चाहि तिमीले तिर्नुपर्छ । किनभने आफ्नो लगानी परेपछि ध्यान दिएर काममा लाग्न सक्छौ । यदि मैले फ्रि गरे भने तिम्रो ध्यान कम हुन्छ ।’ दाईको कुराप्रति म पोजिटिभ थिए ।
कफीसपको दिनभरी काम हुदै बेलुकी ११ बजेमात्र छुट्टी हुने । म ११ बजे घर गएर अनलाइनमा तालिम भिडियो हेर्ने गर्थे । सुरुवाताको ३ महिना चाहिँ मलाई निकै गाह्रो भयो । बुझ्न पनि गाह्रो किनभने बिषयबस्तु नयाँ थियो, त्यसले मलाई निकै गाह्रो भयो । तर पनि मेहनत गर्न कुनै पनि ठाउँ बाँकी राखिएन । सुताई कुनै बेला रातको ३ बजे हुन्थ्यो । नभन्दै सुरुको मेरो पहिलो आम्दानी १०० डलर भयो । खुशीको सीमा रहेन । लगतै मैले २ हप्तापछि अर्को १०० डलरको आम्दानी प्राप्त गरे ।

मेरो समकालिन साथीहरु अझै पनि पत्याउदैनन् । मैले के गर्दैछु । म भन्छु र पनि विश्वास गर्दैनन् । यतिखेर आएर मैले मासिक १००० डलरभन्दा बढि नै आम्दानी गरिरहेको छु ।

त्यसको अर्को एक हप्तामा २५० डलर प्राप्त गरे । मैले त्या आम्दानीको स्क्रिनसटहरु मेरो फेसबुक प्रोफाइलमा समेत पोष्ट गरेको छु । तपाई हेर्न सक्नुहुन्छ । सुरुवातको ३ महिना मलाई गाह्रो भएको कुराहरु सबै बिर्से, जब मलाई त्यस किसिमको पेमेन्ट आयो ।

र एक दिन, दाईले भन्नुभयो ‘भाई अब तिमी फुल टाइम वेटर काम छोड ।’ त्यो बाक्य मेरो लागि बढि चुनौतिपूर्ण थियो । मैले भनेको ति माथिको आम्दानीहरु राती ११ बजे आएर २ बजेसम्म गरेको मेहनतको फल थियो । उहाँको भनाई थियो तिमीले कफिसपमा गर्ने मेहनत अब अनलाइनमा लगाउ र आम्दानीको तहलाई बढाउ । केहिदिन घोरिए । अन्ततः मैले काम छोड्ने निर्णय गरे । त्यतिन्जेल मैले कफीसपबाट मासिक १८ हजारसम्म तलब पाएको थिए । मेरो लागि त्यो तलब आकर्षक तलब नै थियो । तथापि मैले छोडे । र लागे अनलाइनको क्षेत्रमा ।


निरन्तर प्रयाश गरियो । मेहनत गरियो । झन् गहन तरिकाले यो क्षेत्रलाई बुझियो । नभन्दै महिनामा वेटरको तलबको लगभग दोब्बरभन्दा धेरै पो आम्दानी गर्न थालियो । मेरो समकालिन साथीहरु अझै पनि पत्याउदैनन् । मैले के गर्दैछु । म भन्छु र पनि विश्वास गर्दैनन् । यतिखेर आएर मैले मासिक १००० डलरभन्दा बढि नै आम्दानी गरिरहेको छु । एउटा फेसबुक चलाएर, एउटा अनलाइन मार्केटिङ क्षेत्रमा लागेर यतिको आम्दानी गर्नु मेरो सोचभन्दा परको कुरा हो । प्रविधिको महत्व यहाँ आएर मैले महशुष गरे ।
सोसल मिडियाको महत्व मैले महसुस गरे । फेसवुकको वास्तविक शक्ति मैले यहाँ महसुस गरे । हामी प्रविधिको सुविधा बढि भएर मातिरहेका छौं । हामी त्यसको ठिक सदुपयोग गर्न जानेका छैनौं । र त्यो दुरुपयोग गरिरहेका छौं । यो समयमा मैले केहि साथीहरुलाई मैले जानेको कुराहरु र काम गर्न सघाइरहेको छु, सिकाइरहेको छु, साथमा म आफै पनि सिकिरहेको छु । यो काम गर्नलाई कुनै अफिस पनि चाहिँदैन । म आजकल त्यहि कफीसपमा पनि गएर काम गर्छु ।

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार १२:५०