सूचनाको शक्ति - The Power Of Information

        

एक वर्षमा सर्पदंशबाट बाँकेमा नौ जनाको ज्यान गयो


बाँके । नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो वर्षको अहिलेसम्म बढेर नौ पुगेको अस्पतालले जनाएको छ ।
वर्षा शुरु भएयता दैनिक ८/१० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निमित्त प्रमुख डा कृष्णप्रसाद आचार्यले बताए । ढिला गरी उपचारमा आउने गरेका कारण मृत्यु हुनेको संख्या बढेको अस्पतालले जनाएको छ ।
सो अस्पतालमा प्रदेश ५ को बाँके, बर्दिया, दाङ, पश्चिम रुकुम र प्यूठानका साथै कर्णाली प्रदेश र प्रदेश नं ७ बाट समेत सर्पदंश भएका उपचारका लागि आउने गरेका छन् । अस्पतालले सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टिभेनम’ औषधि निःशुल्क उपलब्ध गराउँदै आएको अस्पताल प्रमुख डा आचार्यले बताए ।

प्रकाशित मिति : २१ असार २०७५, बिहीबार ०५:१७