सूचनाको शक्ति - The Power Of Information

        

करेन्ट लागेर चारको घटनास्थलमै मृत्यु

धनगढी । डोटीको आदर्श गाउँपालिका–१ मा आज साँझ करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३ वर्षकै दिपे खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
घटनामा परी सोही ठाउँका २४ वर्षीय नारायण खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि डोटीको सिलगढीस्थित शैलेश्वरी अस्पतालमा पुर्याइएको छ । झन्डै आठ मिटर लामो बिजुलीको फलामे खम्बा उखेलेर अन्यन्त्र सार्ने क्रममा ११ हजार भोल्टको प्रशारण लाइनमा छुँदा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७५, मंगलवार १६:०५