रेनुका गिरी । रुपन्देही, १८ असार । गत आर्थिक वर्षको ११ महिनामा रुपन्देहीमा सवारी दुर्घटनाबाट १२६ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा जिल्लामा २५१ वटा दुर्घटना भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷०७५को जेठ मसन्तासम्म पश्चिमाञ्चलमै सबैभन्दा रुपन्देहीमा दुर्घटनाबाट मृत्यु भएको तथ्यांक छ ।
पश्चिमाञ्चलका १७ जिल्लामा वितेको ११ महिनामा ९३२ वटा सवारी दुर्घटनामा परि ५६८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै मनाङमा सबैभन्दा कम २ वटा दुर्घटना भएकोमा २ जनाको मृत्यु भएको छ । ११ महिनामा सवारी दुर्घटनामा परि पुरुष ४२९, महिला ८७ बालक ३१ र बालिका २१ जनाको मृत्यु भएको छ । सोही अवधीमा दुर्घटनामा परि ९०९ जना घाइते भएका छन ।
सवारी दुर्घटनामा परि ११ महिनाको अवधीमा ८८ वटा चौपाएको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ११ महिनाको अवधीमा १ हजार ३ सय २५ सवारी सवारी दुर्घटनामा परे पनि ६ सय ५३ वटा सवारी साधनको क्षती भएको प्रहरीको तथ्याङले जनाएको छ ।
यसैबीच, हत्याका आरोपी बाबुछोरा १२ बर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका १२ बिजयनगरका ६४ बर्षिय बिशम्भर थारु र ३४ बर्षिय भिख्खु भनिने अम्रिका थारुलाई प्रहरीले १२ बर्षपछि पक्राउ गरेको हो ।
२०६३ कार्तिक ८ गते राती स्थानीय बिजुलिया मुसहर र उनकी छोरी सन्तोषिया मुसहरलाई बलात्कार गरी हत्या गरेर उनीहरु फरार रहेको प्रहरीको आरोप छ । बिशेष सुराकीको आधारमा उनीहरुलाई सेमराबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
।