सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध नियन्त्रणका लागि सबैको भूमिका आवश्यक

बुटवल । समाजमा फैलिँदै गएको लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि सबैको भूमिका आवश्यक रहेको बुटवलमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । लागुपदार्थ तथा मद्यपानले सामाजिक शान्ति खलबलिने, हिंसात्मक घटना पनि बढ्न सक्ने सम्भावना रहने भएकाले यसको विरुद्धमा युवा विद्यार्थी सक्रियताका साथ लाग्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देही र कान्ति माध्यमिक विद्यालयको संयुक्त आयोजनामा लागु औषध दुव्र्यसन विरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसको सन्दर्भमा आज आयोजना गरेको ‘लागुऔषध/मदिरा दुव्र्यसन रोकथामका लागि एकीकृत अभियान’ तीव्र बनाउन आवश्यक विषयक गोष्ठीमा लागुपदार्थ दुव्र्यसन समाजको प्रमुख दुश्मन भएको उल्लेख गर्दै सहभागी शिक्षक, विद्यार्थी, प्रहरी र अधिकारकर्मीले युवा विद्यार्थी सचेत हुनाका साथै अरूलाई पनि सचेत गराउनुपर्ने तर्क गरेका थिए ।
विद्यालयका कक्षा १२ विज्ञान संकायमा अध्ययनरत छात्रछात्रालाई लक्षित गरी आयोजित कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले समाजमा बढ्दो लागुऔषध दुव्र्यसनमा युवा वर्ग बढी फसिरहेकाले यसप्रति सजग हुन आग्रह गरे । उनले युवा वर्गलाई आगुऔषध दुव्र्यसनबाट बचाउन घरपरिवार, साथीभाइ र सिंगो समाज नै जिम्मेवार हुनुपर्ने बताए ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य कृष्ण पराजुली, पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्रका प्रहरी निरीक्षक पंकज चुँदाली, जिल्ला शाखा सभापति हरिश ढकाल, उपसभापति डिपी खनाल लगायतले बोल्दै लागुपदार्थ, धु्रम्रपान, मद्यपानजस्ता कुलतबाट उत्पन्न हुने समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार १४:५८