सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै दुध बेचेर लखपति भइन साइप्रसकी सुन्दरी राफाएला

साइप्रस । यो संसारमा नबिक्ने कुनै कुरा छैन । नबिक्ने चिज पनि केही छैन । यस्तै साइप्रसकी एक महिलाले आफ्नै दुध बेचेर लखपति बनेकी छिन् । बच्चालाई स्तनपान गराउने आफ्नो दुध बेचेर उनी लखपति बनेकी हुन् ।
साइप्रसी राफाएला लाम्प्रोउ नामकी ती महिला आफ्नो दुध बेचेर लाखौँ कमाउने गरेकी छिन । दुई बच्चाकी आमा लाम्प्रोउको दुध किन्न उनको घरमा युवाहरुको भिड नै लागने गरेको छ । महिलाको दुध पिए बढी राम्रो हुने बिश्वास अनुसार बडी बिल्डर हुन चाहने युवाहरुको बीचमा उनको दुधको उच्च माग रहेको छ ।
केही महिनाअघि उनले दोश्रो बच्चा जन्मदिएकी थिइन् । बच्चाले स्तनपान गर्दा समेत आफ्नो वक्षस्थलको दुध चुसेर नसकेपछि उनले आफ्नो दुध कसैलाई दान गर्ने सोँच बनाएकी थिइन । सुरुमा उनले बच्चालाई स्तनपान गर्नका लागि दुध पर्याप्त नआउने महिलालाई आफ्नो दुध प्रदान गर्न थालिन् ।
तर उनले दुध दान गरिरहेको कुराको चर्चा चलेपछि पुरुषहरुले उनको दुधको माग गर्न थालेका थिए । उनले बयस्क युवकलाई दुध दिने कि नदिने भन्ने अवस्थामा पुगेकी थिइन । बढी बिल्डरका पारखी युवाहरुले उनको दुध खरीद गरेर सेवन गर्न थाले । लाम्प्रोका अनुसार सुगठित सरीर बनाउन चाहने पुरुषका लागि उनको दुध उत्तम हुन्छ ।
सुरुमा उनले दिनमा २ लिटर आफ्नो दुध बेच्न सुरु गरिन् । एक लिटरको एक सय २५ रुपैयाँ बराबरको मूल्य पर्दथ्यो । अहिलेसम्म उनले ५ सय लिटर दुध बेचिसकेकी छिन् र यसबाट झण्डै ४५ सय पाउण्ड अर्थात झण्डै साढे ६ लाख रुपैयाँ कमाइसकेकी छिन् ।
लाप्रउ आफ्नो दुध अनलाइन मार्फत बिक्री गर्छिन् । उनलाई आफ्नो दुधको व्यापार नशा झैँ लागेको छ र यो व्यापार छाड्न नसक्ने उनले बताएकी छिन् । उनले आफूले जस्तै दुध बेच्न चाहने महिलाहरुको फेसबुक ग्रुप नै बनाएकी छिन् । आमाहरुको दुधको व्यवसायिक बिक्री नै सुरु गर्ने उनको योजना रहेको छ । –एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ११ असार २०७५, सोमबार ०३:३६