सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको ओम प्लाई उद्योगलाई अन्तर्राष्ट्रिय मानकिकरण संस्थाको मान्यता


बाँके । प्रत्यक्षरुपमा २०० जनालाई रोजगारी दिँदै आएको नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर प्रालिले अन्तर्राष्ट्रिय मानकिकरण संस्था (आइएसओ) मान्यता प्राप्त गरेको छ । ‘गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस)को विस्तृत अध्ययन गरी सो पुरा गरे नगरेको आधारमा आइएसओको मान्यता दिइन्छ,’ नेपालमा आइएसओ मान्यता प्रदान गर्ने आधिकारिक संस्था भुषाल ग्रुप प्रालिका विजिनेश एशोसियट तथा एमडी गिरीराज भुषालले भने ।
आइएसओ ९००१ः२०१५ ओम प्लाई एण्ड फर्निचर प्रालिको गुणस्तर र यसले गरिरहेको कामको सम्मान भएको भन्दै एमडी भुषालले भने, ‘यो प्रमाणपत्रले यो कम्पनीलाई अझ राम्रो काम गर्ने प्रेरणा र जिम्मेवारी दुवै प्रदान गरेको छ ।’ आइएसओ मान्यता पाउनलाई सबै प्रक्रिया पूरा गरेपछि ओमलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ प्रमाणपत्र प्रदान गरिएको हो ।


नेपालमा आइएसओका लागि काम गर्ने भूषाल ग्रुपका गिरिराज भूषालले लगानीको सुरक्षा, कामदारको अवस्था र सुरक्षा तथा उद्योगका उत्पादनहरु भनिएजस्तो गुणस्तरयुक्त भएपछि प्रदान गरिने आइएसओ प्रमाणपत्र ओम प्लाईलाई पनि दिइएको बताए । आइएसओ मान्यता पाएपछि यसका उत्पादनहरु अन्य मुलुकहरुमा निर्यात गर्न पाउने व्यवस्था रहेको छ ।
उद्योगका प्रबन्ध सञ्चालक पशुपतिदयाल मिश्रले उद्योगप्रति सरकारी नीति स्पष्ट नभएकै कारण उद्योगहरु धरासायी हुँदै गइरहेको अवस्थामा आफूहरुले ३ बर्षदेखि सञ्चालनमा गरेको प्लाई उद्योगले आइएसओ मान्यता पाएकोमा खुशी व्यक्त गरे । उनले आफ्नो कम्पनीको उत्पादन काठमाडौंदेखि पश्चिमसम्म सबैतिर आफ्ना उत्पादनहरु पठाइरहेको बताउँदै भने, ‘आइएसओ मान्यतापछि हाम्रो जिम्मेवारी र कर्तव्य अझ बढेको छ ।’


प्रबन्ध सञ्चालक मिश्रले उद्योग सञ्चालनका लागि सरकारले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने बताउँदै भने, ‘उद्योगधन्दा सञ्चालन हुनु मुलुकको आर्थिक मेरुदण्ड बलियो हुनु हो । तर सरकारले यो कुरा बुझैकै छैन । राजयले अब मुलुकको समृद्धि खोज्ने हो भने उद्योग सञ्चालनका लागि स्पष्ट र सहज नीजि निर्माण गरी उद्योग सञ्चालन प्रक्रियालाई थप सहज बनाउन जरुरी छ ।’
उद्योग सञ्चालक समितिका अध्यक्ष जगदिशप्रसाद शुक्लाको अध्यक्षतामा भएको कार्यक्रममा आइएसओका आइएसओ रिप्रेजेन्टिभ सर्बेश पाठकले ओम प्लाईले सबै प्रक्रिया एरिया पूरा गरेकाले आइएसओ प्रमाणपत्र दिइएको बताए । नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव अजयकुमार टण्डनले आइएसओ मान्यता पाएकोमा उद्योगलाई बधाई दिँदै उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरे । कार्यक्रमको सञ्चालन सकिल खानले गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ०८:२३