बाँके । ‘अरु ठाउँका मुसलमानभन्दा सुर्खेतका मुसलमानहरु धेरै विकसीत भइसकेका छन्, तर पनि लैँगिक हिसावले धेरै अप्ठ्यारो अझै बाँकी छ ।’ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मसलमान समुदायमा बस्ने एक महिला (नाम लुकाइएको) को भनाई । अन्य धेरैजसो ठाउँका मुसलमान महिलाहरुले अनुहारै ढाकिने गरी ‘बुर्का’ लगाउनुपर्ने बाध्यता रहे पनि सुर्खेतमा त्यस्तो अवस्था छैन ।
‘सवैभन्दा हिंसा भनेको ‘तलाक’ (सम्वन्धविच्छेद गर्दा प्रयोग गरिने शव्द) नै हो’ उनले भनिन्, ‘न कानूनी प्रक्रिया छ न महिलाका कुरा सुनिन्छ, महिलाले नचाहँदा नचाहँदै पनि पुरुषले ‘तलाक’ दिने गरेका छन् ।’ ‘मेरो नाम सार्वजनिक नगर्ने भए मेरै घटना पनि छ’ उनको भनाई थियो । विं.सं. २०६५ साल वैशाखमा आफ्नो जस्तै इस्लाम धर्म मान्ने गाउँकै एक व्यक्तिसँग ‘निगाह’ (विवाह) गरेका उनले पनि ‘तलाक’ कै कारण हिंसा व्यहोर्न बाध्य हुनुपरेको थियो ।
‘निगाह’ भएको दुई वर्षसम्म उनीहरुको सम्वन्ध राम्रै भयो । श्रीमान गाडी चलाउछन् । ‘गाडी चलाउन सुर्खेत बाहिर पनि पुग्ने भएकाले उनले मलाई मायाँ गर्न छाडे जस्तो मैले महसुस गरेँ’ उनले विगत सम्झँदै बताइन्, ‘मैले सोधेँ तपाई किन मलाई घृणाँ गर्नुहुन्छ ? श्रीमानले तँ जस्तो मान्छेसँग कुन दिन भेट भएछ ?, तनाव भइरा बेला नबोल् न’ भनिसकेपछि विवाद भयो । पछि झगडाको रुपमा सम्वन्ध पुग्यो । ‘केहि समय म माइतमा बसेँ, तर ममी अव्बा (आमा बुवा)ले कर गरेपछि म फेरी घर फिर्ता पनि भएँ ।’
घरमा आउँदा उनले श्रीमानको हातबाट उल्टै चोट सहनुपर्यो । ‘मैले पनि चोटका कारण रिस बढेर झर्केर बोलेँ’ उनले भनिन्, ‘त्यसपछि त उनले मलाई ‘तलाक’, ‘तलाक’, ‘तलाक’ भन्नुभयो अब मैले जसरी पनि छुट्टिएर बस्नुपर्ने बाध्यता आयो ।’ फेरी माइतमा रुँदै फर्किँदाको अर्को विकल्प उनले देखिनन् । ‘माइतमा पुगेपछि आमाले भन्नुभयो, के गर्छेस् त छोरी हाम्रो समुदायमा यस्तै बाध्यता छ, छोरी मान्छेले भनेका कुरा कहिले पो लागू भा छ र ? केहि समयपछि उहाँ नै मलाई भेट्न आइपुग्नुभयो र आफ्नो गल्तीको प्रयाश्चित गर्नुभयो’ उनले खुसीको कुरा सुनाइन्, ‘म पनि उहाँसँग जीवन निर्वाह गर्न फेरी पनि मन्जुर भएँ ।’
भोलीपल्ट विहानै त्यो पुरुषले भन्यो, ‘जवसम्म मसँग यौनसम्बन्ध राख्न मन्जुर हुँदैनस् तबसम्म तँलाई ‘तलाक’ दिन्न अनि कसरी हुन्छ तेरो घरबार ?’ ती पुरुषले केहि दिनसम्म ‘तलाक’ नदिँदा निकै अप्ठ्यारो भयो । गाउँघरमा उनीहरुको सम्वन्धलाई लिएर नयाँ बहस पनि शुरु भयो । उनले आँखाभरी आँशु बनाएर भनिन्, पछि म बाध्य भएँ ।
तर उनीहरु दुवै जनाले मात्रै चाहेर पनि केहि हुन सक्दैनथ्यो । किनकी, ती महिलाले फेरी अर्को एक जना अविवाहित पुरुषसँग ‘निगाह’ गरेर कम्तिमा एकरात सँगै सुत्नुपर्ने र उसले ‘तलाक’ दिइसके पछिमात्रै आफ्ना पुराना श्रीमान्सँग ‘निगाह’ गर्नुपर्ने परम्परा छ । समुदायका गन्यमान्य व्यक्तिहरुले छलफल गरे पनि आएको निष्कर्षअनुसार उनले पनि त्यो बाध्यतालाई स्वीकार गर्नुपर्ने भयो । ‘त्यो अवधिमा त्यो केटाले मसँग यौनसम्बन्ध राख्न खोज्यो,’ उनले भनिन्, ‘मैले अस्वीकार गर्दा उसले कुटपिट पनि गर्यो र मैले प्रतिकार गरिरहेँ ।’
भोलीपल्ट विहानै त्यो पुरुषले भन्यो, ‘जवसम्म मसँग यौनसम्बन्ध राख्न मन्जुर हुँदैनस् तबसम्म तँलाई ‘तलाक’ दिन्न अनि कसरी हुन्छ तेरो घरबार ?’ ती पुरुषले केहि दिनसम्म ‘तलाक’ नदिँदा निकै अप्ठ्यारो भयो । गाउँघरमा उनीहरुको सम्वन्धलाई लिएर नयाँ बहस पनि शुरु भयो । उनले आँखाभरी आँशु बनाएर भनिन्, पछि म बाध्य भएँ । यो कुरा मेरो श्रीमानलाई पनि अप्रत्यक्षरुपमा थाहा होला तर मैले भनेकी पनि छैन । आफूहरुको सम्वन्ध फेरी जोडिएकोमा आफूहरु निकै खुसी रहेको उनको भनाई छ ।
तर ‘तलाक’ कै कारण भोग्नुपरेको पींडा सम्झँदा उनको मन अमिलो बन्छ । यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । यस्ता घटना मुसलमान समुदायमा भएका हुन्छन् तर बाहिर सार्वजनिक हुँदैनन् । सम्वन्ध पुनः सुचारु गराउन बीचमा छोटो विवाह गर्ने सवै हिंसा गर्ने पुरुष नभए पनि कतिपयले भने यौन चाहना राख्ने नै गरेका पाइन्छ । महिला अधिकारकर्मीहरु धार्मिक रुपमा जेजस्तो अवस्थामा रहे पनि महिलालाई हिंसा हुने खालका कुनै क्रियाकलाप गराउन नहुनेमा जोड दिन्छन् ।
अक्सफामको साझेदारीमा प्रेरणा ललितपुर र सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम)ले सञ्चालन गरेको महिला नेतृत्व परियोजनाका कार्यक्रम प्रमुख रिता विसीले अहिलेसम्म यस्ता विषयहरु मुुसलमान समुदायबाट बाहिर आउन नसकेको बताइन् । सुर्खेतमा रहेका मुसलमान समुदायका महिलाहरुले त बुर्का पनि नलगाउने प्रसंगमा कुरा गर्दै उनले यो सकारात्मक पक्ष भए पनि ‘तलाक’का विषयमा भने त्यहाँका समाजसेवी र वुद्धिजीवीले सोच्नैपर्ने बताइन् । ‘धर्म, संस्कार र परम्परा नमान्ने भन्न खोजेको होइन’ विसीले भनिन्, ‘तर विभेदकारी र हिंसाप्रदत्त क्रियाकलापलाई भने निरुत्साहित गर्नुपर्छ ।’
।