सूचनाको शक्ति - The Power Of Information

        

पत्रकारको पेशागत सुरक्षाका लागि सुझाव संकलन गर्दै तुलसीपुर उपमहानगर

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पत्रकारको पेशागत सुरक्षाका लागि सुझाव संकलन गरिएकोे छ । यहाँ रहेका सञ्चारमाध्यमलाई व्यवस्थित गर्न उपमहानगरले सुझाव संकलन गरेको हो ।
सञ्चारमाध्यमसँग सहकार्य नहुँदा उपमहानगरले गरेका विकासका काम बाहिर नआएकाले सहकार्य गरी अघि बढ्नुपर्ने आफूहरूका लागि छुट्टै भवन भए विभिन्न कार्यक्रम गर्न सहज हुने पत्रकारहरूको सुझाव थियो । प्रेस युनियनका जिल्ला अध्यक्ष सुशील बस्नेतले श्रमजीवी पत्रकार र प्रकाशकबीच छलफल गरेर नीति बनाउनसके श्रमजीवी ऐन कार्यान्वयन हुने बताए ।
प्रेस चौतारीका निर्वतमान उपाध्यक्ष संगीत बस्यालले सञ्चारमाध्यमलाई टिकाउने खालको नीति बनाउन आवश्यक रहेकामा जोड दिए । सञ्चार नीति बनाएर सञ्चार माध्यमलाई बलियो बनाइनेमा जोड दिँदै नगर प्रमुख घनश्याम पाण्डेले पत्रकारका सुझावका आधारमा सो नीतिलाई नमूनाको रूपमा प्रस्तुत गरिने बताए ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार ०७:४७