
राप्ती सोनारी गाउँपालिका वडा नं. ४ गौरी गाउँमा थारु समुदायमा परम्परागत चलि आएको पुस्त्यौली पेशा माछा मार्ने जालो र ढकिया बुन्दै वृद्धवृद्धा । थारु समुदायमा असार महिनादेखि भदौ महिनासम्म माछा मार्ने र अटुवामा बसेर ढकिया बुन्दै पहरा दिने चलन रहेको छ । यहाँका अधिकांश नागरिकहरु माछा मारेर जीविका चलाउँदै आएका छन् । तस्वीर : भगतराम थारु
।