बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको जयसपुरमा आज थप दुई जना कुष्ठरोगी फेला परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा सञ्चालन गरिएको निःशुल्क कुष्ठरोग जाँच शिविरमा ती कुष्ठरोगी फेला परेका हुन् ।
नेपालगन्ज उपमहानगपालिका र जयसपुर स्वास्थ्य चौकीले सञ्चालन गरेको शिविरमा स्वास्थ्य जाँच गराउन आएका १०४ मध्ये कुष्ठरोग भएका उनीहरूलाई निःशुल्क औषधि र आवश्यक परामर्श दिइएको छ । समाजमा लुकेर बसेका कुष्ठरोगी पत्ता लगाई निःशुल्क उपचार र उनीहरूको पुनःस्थापना गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको जयसपुर स्वास्थ्य चौकीका इन्चार्ज मधुकरमणि आचार्यले जानकारी दिए ।
।