सूचनाको शक्ति - The Power Of Information

        

‘नायिका सम्पदालाई सुमनले दिए प्रेममा धोका (भिडियोसहित)


बाँके । सुमन थापासँग मायाको सागरमा डुबेकी नायिका सम्पदा बानियाँले अन्ततः धोका खाएकी छन् । थापाले उनलाई प्रेममा धोका दिएपछि उनी अहिले घर न घाटकी बनेकी छन् । नायिका बानियाँले थापाकै यादमा थुप्रै आँसु बगाइसकेकी छन् ।
तर सुमनले बानियाँको प्रेमलाई बुझ्न सकेनन् । सँगै जीउने सँगै मर्ने कसम खाँदै मायामा डुबेको सुमन र सम्पदाको जोडी लामो समयसम्म टिक्न सकेन । सुमनले प्रेममा धोका दिए, सम्पदालाई भने नङ र मासु छुट्टिएजस्तै निकै पीडा महसुस भइरहेको छ । सुमन र सम्पदाको यो जोडी वास्तविक जीवनमा नभई म्युजिक भिडियोमार्फत प्रेम विछोडमा परेका हुन् ।

‘तिम्ले छोडी गएपछि त घर न घाटको भए
फुल्दै फुल्दै जाउँ तिमी म त झर्दै गए’


प्रेममा धोका दिएर सगुन शाहीसँग रमाइरहेका सुमनको यादमा सम्पदाले भने आँसु बगाइरहेकी छन् । आफूलाई धोका दिएर सगुनसँग नजिकिँएपछि सम्पदा सम्हालिन खोजिरहेकी छन् तर सुमनले धोका दिएर टाढा गएपनि उनीप्रतिको मायाले भने सम्पदालाई छोडिसकेको छैन । तर सुमन भने सम्पदाबाट टाढा भइसकेका छन् । अब उनी सम्पदासँग नजिक हुने छाँट देखिँदैन, किनकी उनी सगुनको मायामा आफुलाई डुवाइसकेका छन् ।
गायिका इन्दिरा शाह ‘युनिक’को एकल आवाजमा रहेको ‘तिम्ले छोडी गएपछि त’ बोलको आधुनिक गीतमा सुमन र सम्पदाको मायामा पिडादायी बिछोड भएको छ । सम्पदाले प्रेममा धोका खाएपछि घर न घाटको भएको पीडा व्यक्त गरेकी छन् । सम्पदाले सुमनलाई ‘म झर्दै गए पनि तिमी फुल्दै जानु’ भन्दै सम्हालिन खोजेकी छन् ।
वान वे फिल्म प्रालिको प्रस्तुतिमा नगेन्द्र शाहको पहिलो कोसेली स्वरुप बजारमा आएको उक्त गीतमा शब्द संकलन गीत सर्जक तथा गायक प्रेम कटवाल ‘जिजीविषा’ले गरेका छन् । गीतमा राजकुमार बगरले म्युजिक भरेका छन् भने शिव विकको निर्देशनमा सम्पदा बानियाँ, सगुन शाही र सुमन थापाले अभिनय गरेका छन् ।
म्युजिक भिडियोको छायाँङ्कन शम्भु चालिसेले गरेका हुन् । रबिन बिकले सम्पादन गरेको गीतको भिडियोलाई नेपालकै सर्बोउत्कृष्ट म्युजिक कम्पनी ‘म्युजिक नेपाल प्रालि’ले बजारमा व्यवस्थापन गरेको छ । यसअघि गायिका शाहले लोक तथा दोहोरी, कौडा र तीज गीतमा पनि आवाज दिइसकेकी छन् ।

प्रकाशित मिति : ६ असार २०७५, बुधबार ०६:२२